© २०२३
बुटवल, १५ असार ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको २५ औ स्थापना दिवसको अवसरमा विविध रचनात्मक कार्यक्रम गर्दै मनाएको छ । कार्यक्रममा संस्थापक उपाध्यक्ष लिलाधर बस्याललाई आर्थिक सहयोग तथा सम्मानका साथै बुटवलमा संचालनमा रहेको केकेएफसी रेष्टुरेन्टलाई १६ लाख रुपैयाँ बराबर छुट दिएका घरधनी विष्णुप्रसाद शर्मालाई सम्मान गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । यसैगरी दिवसमा संघका संस्थापक, पुर्वअध्यक्ष, घरभाडा छुट गर्ने एक दर्जन बढी घरधनीहरुलाई सम्मान गरिएको छ । पर्यटन ब्यवसायीहरुको पिरमर्कामा सबैको साथ जरुरी रहेको भण्डारीले बताए ।
शुक्रबार औपचारिक कार्यक्रमको लुम्बिनी प्रदेशका पुर्व स्वस्थ्यमन्त्री तथा प्रदेश सभासद भोज प्रसाद श्रेष्ठले उदघाटन गर्दै समाज विकासमा संघसंस्थाहरुको योगदान महत्वपूर्ण हुने बताए । संघसंस्था बलियो भएमात्र राज्य बलियो हुने दाबी गर्दै उनले रुपन्देहीको विकासमा यहाँका संघसंस्थाहरुको योगदानको खुलेर प्रशंसा गरे ।
राजनीतिक दलहरुको दुरदृष्टिको कमीका कारण राजधानी सरेको भन्दै अब दुख मनाउ गर्नुको साटो विकल्प खोज्न संघसंस्थाहरुलाई उनले सुझाव दिए । वर्तमान सरकार सही बाटोमा नहिडेको आरोप लगाउदै मन्त्रालय, निर्देशनालय खोस्ने जस्ता काम गरेको हुँदा संसद रोकिएको उनले बताए ।
स्वास्थ्यको क्षेत्रमा तालिम केन्द्र देवदहमा स्थापना गर्ने निर्णयलाई फेर्ने जस्ता सरकारबाट कदम चालिनु गलत भएको उनले बताए । सरकारबाट गरिएका गलत कामको जनस्तरबाट दबाब सृजना गर्ने काम जरुरी रहेको उनले बताए । नेपाल र भारतबीचको सम्बन्धको विषय सरकारको भूमिकाबारे नागरिक समाजको ध्यान जानुपर्ने उनले सुझाव दिए ।
आदिमानव रामापिथेकस, जितगढी किल्लासहित धेरै ऐतिहासिक र धार्मिक पर्यटन क्षेत्रहरु ओझेलमा रहेको भन्दै सरोकारवाला निकायहरुको चासो यसमा जानुपर्ने बताए । आर्थिक केन्द्र बुटवललाई हब बनाउने गफमात्र नभई योजनाबद्घ रुपमा लैजानुपर्ने उनले बताए । यस विषयमा आफुले आवश्यक योजना अघि बनाएको उनले दाबी गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय, पर्यटन विकास परिषद, लुम्बिनी प्रदेशका प्रशासन प्रमुख बालकृष्ण गैरेले होटल ब्यवसायीहरुको हकहितमा पर्यटन विकास र प्रवद्र्घनमा सधै सहकार्य गर्न तयार रहेको बताए । पर्यटन क्षेत्रको पहिचान गरी प्रचारप्रसार गर्ने काम गरिरहेको उनले बताए ।
संघका संस्थापक अध्यक्ष माधव प्रसाद नेपाल, पुर्वअध्यक्ष मोदनाथ बेल्बासे, महेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष रामप्रसाद गौतमले निक्कै कठिनाईपुर्ण अवस्थाबाट आशा जगाउने गरी समय आएको बताए । गड्डा चौकदेखि नुवाकोटसम्म केबलकार सरकारबाट अघि बढाउन जरुरी रहेको उनीहरुको सुझाव छ ।
नेपाल होटल ब्यवसायी महासंघका निवर्तमान अध्यक्ष हिराध्वज शाहले सरकारलाई तिरेको करवापतको सेवासुविधा र तालिमहरुको ब्यवस्था गराउन दबाबमुलक कार्यक्रम गर्नुपर्ने बताए । विशेषज्ञहरुबाट वैज्ञानिक र ब्यवहारिक घरबहाल नीति बनाउन सुझाव सरकारलाई दिनुपर्ने बताए । अहिले आफुहरु पहिचानको लडाईमा रहेको भन्दै आफ्नो मागलाई सौहार्दपुर्ण माग राख्नुपर्ने उनले सुझाव दिए ।
संघका पुर्वअध्यक्ष तथा होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसीले रुपन्देही पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाईरहेको बेला दीर्घकालिन योजनाका साथ लाग्नुपर्नेमा राजधानी सार्दा ब्यवसाय नै धरासायी भएको दुखेसो गरे । पर्यटन विकासमा योगदान दिने होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुप्रति सरकारबाट कन्जुस्याइँ भएको बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले धार्मिक पर्यटनको रुपमा विकास गरी विश्वभरबाट पर्यटन ल्याउन सकिने सम्भावना रहेको बताए । यसैगरी दुई दर्जन बढी घरधनीहरुलाई सम्मान गरिएको संघका महासचिव अर्जुन थापाले बताए । १८ जना ब्यावसायीहरुबाट स्थापना भएको संस्थामा हाल १ हजार २ सय ३ जना सदस्यहरु आवद्ध छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी