ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

प्रदेशस्तरीय अन्तर मावि भलिबल शुरु  : सेन्ट जोसेफ, न्यू होराईजन र उजिरसिंहको विजयी शुरुवात

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

बुटवल, १३ साउन ।

लुम्बिनी प्रदेश अन्तर मावि भलिबल प्रतियोगिता बुधबारदेखि बुटवलमा सुरु भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा रामनगरस्थित कालिका मानव ज्ञान माविको खेलमैदानमा प्रतियोगिता शुरु भएको हो ।

उदघाटन खेलमा सेन्ट जोसेफले सिद्धार्थ ईङलिस बोर्डिङ स्कुलमाथि २–० को सेटमा जित निकालेको छ । यसैगरी न्यू होराईजन ईङलिस बोर्डिङ स्कुलले दीप बोर्डिङ स्कुललाई २–० तथा उजिरसिह माविले देवदह ईङलिस बोर्डिङ स्कुललाई २–० को सेटमा पराजित गरेको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले कार्यक्रमको उद्घाटन गर्दै खेल र खेलाडीको ब्यवसायिकताको लागि प्रतियोगिताको निरन्तरता जरुरी रहेको बताए । वि.सं. २०६६ साल पुस १७ गते स्थापना भएर खेलकुदका विभिन्न विधामा गतिविधिका साथै नीतिगत रुपमा अन्तत्र्रिmया गर्दै आएको उनले बताए । नेता मदन भण्डारीको सिद्धान्तमा खेल र खेलाडीको भावना मेल खाने भएको पाउने उनले बताए ।

देशभर खेलाडीहरुमा प्रतियोगिता गरिरहदा खेल र खेलाडीको संस्थाको रुपमा मदन भण्डारी पहिचान बनाउन सफल भएको उनले दाबी गरे । राजनीतिक रुपमा आस्था राख्ने जो सुकै संस्थाको आयोजनामा गरिने खेल गतिविधिमा खेलाडीहरु खेल्नुपर्ने उनले बताए ।

एकेडेमीलाई साझा संगठनको रुपमा उभ्याएको उनले दाबी गर्दै उनले घरघरबाट खेलाडी पहिचान गर्ने र उत्पादनमा अघि बढेको उनले बताए । चैत २३ गतेबाट अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अभियान शुरु गरेर निरन्तर देशका सातै प्रदेशमा खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरु गरेको उनले बताए ।

राष्ट्रिय टेबलटेनिस, फुट कन्ट्रयाक कराँते, बास्केटबल खुल्ला प्रतियोगिता, सुर्खेतमा रेस्लिङ प्रतियोगिता, झापामा कराते प्रतियोगिता हुँदै समापनका रुपमा लुम्बिनीमा भलिबल गर्न लागेको उनले बताए । उमेर समूहको खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विद्यालयस्तरको प्रतियोगिता गर्न लागेको उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, केन्द्रीय सदस्य नन्दु काउचा, बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले रुपन्देही खेलको उर्वरभुमि भएको बताए । असार १७ गतेसम्म हुने प्रतियोगितामा छात्र १२ छात्रा ७ टिम सहभागी छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?