© २०२३
बुटवल, १२ असार ।
आर्चरी खेल र खेलाडीहरुको विकासका लागि भन्दै रुपन्देहीमा पहिलोपटक आर्चरी प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रथम प्रदेशस्तरीय आर्चरी प्रतियोगिता २०८० भएको हो । मंगलबार बुटवलमा भएको फाईनल खेलमा सैनामैना (ए) टिम बिजेता भएको छ ।
वेष्ट अफ फाईभमा खेलाईएको खेलमा सैनामैनाको दिल बहादुर थापा, कमल थापा, कृष्ण थापा, जीवन गुरुङको टिम ६–२ सेटले विजयी भएको हो । सैनामैनाको टिम नगद २० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । यसैगरी प्रतियोगितामा देवदहका ठग बहादुुर पुन, लक्ष्मण सिङ्किजा, मोहन मल्ल, प्रितम गुरुङको टिम दोस्रो हुँदै नगद १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।
नवलपरासी र देवदह (बि) बीचको खेलमा ४–२ सेटसहित तिलक रोका, नरेश फगामी, रोहित साखी, फकेन्द्र बुढाथोकीको टिम तेस्रो भए । टिम नगद तृतीय हुँदै नगद ५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।
यसैगरी हेमलाल सिंकिजा, अम बहादुर पुर्जा, हरिलाल गुरुङ र रिम बहादुर गुरुङको देवदह (बि) टिम चौथो भयो । एक समारोहका बीच खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश आर्चरी संघ अध्यक्ष विनोद श्रेष्ठ
रुपन्देही बक्सिङ संघका अध्यक्ष राजु गुरुङ, क्षेत्री समाजका विष्णु बहादुर कार्की, रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र थापा क्षेत्री (हरि), सदस्य राम बहादुर थापाले पुरस्कार वितरण गरे ।
कार्यक्रममा खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले तारो खेल, तिर हाल्ने खेलका रुपमा परम्परागत र जातिगत खेलको रुपमा पहिचान बनेको आर्चरी खेललाई ब्यावसायिक बनाउन जरुरी रहेको बताए । अन्तर्राष्ट्रिय मन्चमा नेपालले थोरै लगानीमा देशकै लागि उत्कृष्ट नतिजा ल्याउन सक्ने सम्भावना बोकेको खेल भएको उनले दाबी गरे । ब्यावसायिक बनाउँदै अगाडि बढाउने सोचमा प्रदेश सरकार अघि बढेको उनले बताए ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी जिल्लाका ६ टिमले भाग लिएका थिए । प्रत्येक टिममा ४–४ जना खेलाडीहरुले भाग लिएका थिए । पछिल्लो जेठ १४ गतेबाट बुटवलमा खेल शुभारम्भ गरिएको थियो । आर्चरी प्रशिक्षक भगत गुरुङलेले क्षेत्री समाज बुटवलमा नियमित अभ्यास गरिरहेका छन् । आर्चरी खेलमा पोखरा सम्पन्नशाली मानिन्छ । जहाँ खेलाडी र
गण्डकी प्रदेश सरकारले १० वटा खेललाई प्रदेश खेलमा राखेको छ ।
कार्यक्रममा अध्यक्ष भुपेन्द्र थापा क्षेत्री (हरि) ले आर्चरी खेलको विकास गर्दै ब्यावसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यसहित तालिम शुरु गरेको बताए । शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहन खेलकुदको महत्व रहेको भन्दै हरेक ब्यक्ति खेलमा आवद्ध हुनुपर्ने उनले बताए ।