ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

कपिलवस्तुमा डाईलासिस सेवा संचालन गर्ने मन्त्री खनालको प्रतिवद्धता

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

कपिलवस्तु ९ असार ।  कपिलवस्तु जिल्ला अस्पताललाई स्तरवृद्धि गरि डाईलासिस सेवा बिस्तार गरिने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले तौलिहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले अस्पताललाई स्तरवृद्धि गरेर छिट्टै डाईलासिस सेवा सेवा शुरु हुने प्रतिवद्धता जनाए । दुबै मृगौला खराब भई डायलासिस गर्न तौलिहवाभन्दा बाहिर जानुपर्ने बिरामीहरुलाई लक्षित गरि सेवा बिस्तारमा आफु लागेको बताए ।  पार्टीका लुम्बिनी प्रदेश उपसभापति समेत रहेका खनालले महामारीका समयमा औषधी लगायतका आवश्यक सामाग्री ढुवानीमा सहजताका लागी स्वास्थ्य कार्यालयलाई सवारीको सहज उपलब्धता गराईएको उनले स्पष्ट पारे । कपिलवस्तु अस्पताललाई एक सय शैयामा बिस्तार गरिएको भनिए पनि हालसम्म ऐन नै नभएको भन्दै उनले अस्पताल स्तरवृद्धिको प्रतिबद्धता जनाए ।

पार्टीका नेतृत्वले आफुलाई सच्चाएर जनता केन्द्रित कार्यक्रम लिएर अगाडी बढनु पर्नेमा खनालको जोड थियो । हालको सत्ता समिकरण टुटाउन नहुने र पार्टीका नेता कार्यकर्ताले माथिल्लो पंत्तिलाई सचेत बनाउनु पर्ने काँग्रेसका निर्वतमान केन्द्रिय सदस्य अतहर कमालले बताए । भन्सार कार्यालयले भारतबाट १ सय रुपैयाको सामाग्री मात्रै ल्याउन पाउने व्यवस्था व्यवहारीक नभएको र सिमावर्ति क्षेत्रका नागरिकलाई समस्या पारेको उनले बताए । भन्सार छली र तस्करी गर्नेलाई कडाई गर्ने तर आम नागरिकलाई भारतबाट सामान्य घरायसी सामाग्री ल्याउदा भंसार तिर्नुपर्ने व्यवस्था हटाउन उनले माग गरे । काण्डैकाण्ड गर्ने नेतृत्वको रास्वपालाई राम्रो भन्ने तर काँग्रेस पार्टीको ईतिहास बिर्सने नेता कार्यकर्ता पार्टीमा बस्नुको औचित्य नहुने उनको भनाई थियो । पार्टी संगठित रुपमा अगाडी बढ्नु पर्नेमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले जोड दिए । अब पार्टीमा सबैले आत्म समिक्षा गर्ने बेला आएको काँग्रेस पुर्व जिल्ला सभापति राजेश आचार्यले बताए । जिल्लामा संगठन सुदृढिकरणका लागि लुम्बिनी प्रदेश समितिबाट खटिएका प्रतिनिधीहरु सुरेन्द्र लम्साल, भिम बहादुर आले, क्षेत्र नम्बर २ का सभापति केशव कुमार श्रेष्ठ, महिला संघ केन्द्रिय सदस्य बिमला गैरे, पार्टीका जिल्ला सभापति अब्दुल कलाम, सचिव शक्ति सिंह ठकुरी, पार्टी जिल्ला प्रवक्ता ईश्वरी पाण्डे लगायतले पार्टीले नयाँ योजनाका साथ शसक्तिकरणका कार्य अगाडी बढाउनु पर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?