© २०२३
काठमाडौं ।
आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाले उत्कृष्ट प्रदर्शन गर्न सकेन । सुपर सिक्स पुग्न जित्नैपर्ने खेलमा नेपालले ४४।३ ओभरमा अल आउट हुँदै १ सय ६७ रनको योगफल तयार पार्यो ।
खराब प्रर्दशन गरेको नेपालले एक सय रन कटाउन २९ ओभरमा ५ विकेट गुमाएको थियो।
नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओडिआइमा ५० औं खेल खेलिरहेका कुशलले ५५ बलमा ३ चौका र १ छक्का हान्दा क्याच आउट भए। नेपालबाट ५० औं ओडिआइ खेल खेल्ने रोहित पहिलो खेलाडी हुन्।
कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे। कुशल मल्लले १२ रन बनाए। आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के।
सन्दीप लामिछाने २७ रनमा क्याच आउट भए। सन्दीप ३३ बलमा ४ चौका हाने। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।
नेपालले नेदरल्याण्डस्विरुद्ध २ छक्का र ११ चौका मात्र प्रहार गर्यो।
किफायती बलिङ गरेका नेदरल्याण्ड्सका बलरसामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।