© २०२३
रामग्राम, ५ असार ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा आज विहान चट्याङ्ग लागेर एक जनाको मृत्यु भएका छ । खेतमा काम गरीरहेका ४० वर्षीय बिनोद कहांरको चट्याङ्ग लागी मृत्यु भएको हो । चट्याङ्ग लागी घाईते भएका कहांरको उपचारको लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगीएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेले बताए । मृतक कहांर पाल्पा जिल्लाको पुर्वखोला गाउंपालिका ५ को विरकोटमा रहेको विरकोट आर्युवेर्दीक औषधाालयको कविराज निरिक्षक पदमा कार्यरत थिए । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा राखीएको छ।