© २०२३
गुल्मी असार ।- गुल्मीको गुल्मीदरबार गाउँपालिकामा महिला जनप्रतिनिधिहरुका लागि उद्घोषण एवं नेतृत्व विकास तालिम सम्पन्न भएको छ । महिला जनप्रतिनिधिलाई बोल्ने कलाको विकास गर्दै नेतृत्व तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
तालिममा उद्घोषक भनेको के हो ? उद्घोणष कसरी गर्ने, उद्घोषण गर्दा ध्यानदिनु पर्ने कुरा, नेतृत्व र नेतृत्वमा हुनुपर्ने गुणहरुका साथै कानुनमा महिला अधिकारकारका विषयमा मुलुकी देवानी र फौजदारी संहिताको बारेमा अभिमुखिकरण गराईएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले महिला जनप्रतिनिधिहरुका लागि यो तालिमले ठूलो उपलब्धी हासिल गर्ने भन्दै तालिममा सिकेका कुराहरुलाई अभ्यास र व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
सोही कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले यस्ता प्रकारका तालिमहरुले महिलाहरुमा क्षमता अभिवृद्धिका र नेतृत्व विकास गर्न सहयोग पुराउने भन्दै आगामि दिनमा यस्ता प्रकारका तालिमहरु वडा तहसम्म पुराउने पालिकाको योजना रहेको बताईन ।
कार्यक्रममा प्रमुख प्रशासकी अधिकृत राजिब पन्थी, सामाजिक विकास समिति संयोजक मुकेश थापा, कार्यपालिका सदश्य ईश्वरी परियार लगायतका व्यक्तिहरुले शुभकामना व्यक्त गर्दै तालिमलाई व्यवहारमा ल्याउन आग्रह गरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको उक्त तालिमा पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे, पत्रकार सञ्जु पौडेल र अधिवक्ता हिरा कुँवरले सैद्धान्तीक एवं प्रयोगात्मक बिधिको माध्यकबवाट सहजीकरण गरेको सामाजिक शाखा प्रमुख एवं तालिम संयोजक नवराज घिमिरेले बताए । तालिममा पालिकाका महिला जनप्रतिनिधि सहित वडा तहका अगुवा महिलाहरुको समेत सहभागिता रहेको थियो ।