© २०२३
बुटवल,३ असार । लोक तथा दोहोरी गीत प्रतिष्ठान औपचारिक रुपमै विभाजन भएको छ । वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल नामक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएसंगै प्रतिष्ठान औपचारिकरुपमा फुटेको हो ।
कार्कीको अध्यक्षतामा गठित नौ सदस्यीय कार्यसमिति पनि प्रशासनमा दर्ता भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, शिव आले र केशरी घर्ती छन् । यो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने भएको छ ।
उपाध्यक्ष खत्रीले लोकदोहोरीका सबै विधालाई समेटेर वृहत रुपमा अघि बढ्ने तयारीमा रहेको बताएका छन् । ७७ जिल्ला,विदेश र काठमाडौंमै शाखा स्थापना गर्ने उनले बताए ।
यसअघि प्रतिष्ठानको पूर्वमहासचिव समेत रहेका गायक खत्रीले संस्थामा नरहेको घोषणा गरेका थिए । उक्त घोषणासँगै उनले आफू नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।