ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा
विचार

लुम्बिनीलाई भ्रष्टाचाररहित बनाऔं

लुम्बिनी हाम्रो देशको विकासको लागि मुख्य एक सम्पदा हो । यसको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो । लुम्बिनीमा कुनै पनि अनियमित गतिविधि हुन दिनु हुँदैन । भगवान बुद्ध जत्तिकै पवित्र राख्नु पर्छ लुम्बिनीलाई ।
३० जेष्ठ २०८०, मंगलवार
३० जेष्ठ २०८०, मंगलवार

शाक्यमुनि बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीमा सञ्चालित लुम्बिनी विकास कोषभित्र अनियमित काम कारवाही हुने गरेको कुरा सतहमा आएको छ । लुम्बिनी विकास कोष व्यवस्थापन समितिका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किराँतीले यही जेठ ७ गते कोषको व्यवस्थापन समितिका उपाध्यक्ष र सदस्य सचिव एवं कोष व्यवस्थापन समितिलाई १३ बुँदे स्पष्टीकरण सोधेपछि कोषभित्र हुने गरेका अनियमित काम कारवाही सम्बन्धी विवाद सतहमा आएको हो । लुम्बिनी क्षेत्रको विकास र प्रबद्र्धन गर्ने उद्देश्यले सञ्चालित लुम्बिनी विकास कोषभित्र अनियमितता हुने गरेको आरोप स्वयं विभागिय मन्त्रीले कोषका पदाधिकारी एवं व्यवस्थापन समितिलाई लगाएको सम्भवतः यो पहिलो पटक हो । मौखिक रुपमा स्पष्टिकरण सोध्ने र विवाद हुने काम विगतमा पनि भए । तर लिखित रुपमा अनियमितता गरेको आरोप लगाउँदै स्पष्टिकरण सोधिएको सम्भवतः यो पहिलो पटक हो । मन्त्री किराँतीले कोषलाई सोधेको स्पष्टिकरणका १३ बुँदा गम्भीर प्रकृतिका छन् । साधारण खालका छैनन् । जो यस प्रकार छन् ः

१. लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरुयोजना विपरित अनधिकृत ढङ्गबाट बुद्ध मुर्ति बनाउन दिएको ।
२. विभिन्न प्लटहरु बदनियतपूर्ण ढङ्गले आफू खुसी वितरण गरेको ।
३. सोक्यो जापान लगायतका सम्झौताहरुको समय सिमा भित्र काम पुरा नगरेको भनेर सम्झौता खारेज गरिएको तर अन्य गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संघ संस्थाहरुसँग सम्झौता अनिश्चितकालका लागि आफू खुसी समयावधि बढाउँदै लगिएको ।
४. मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तु समेत नष्ट गरी बनाइएको पोखरीमा करोडौँको टेण्डर निष्कासन गरी रकमको अपचलन गरेको ।
५. लुम्बिनी विकास कोष परिसरभित्र के कस्ता संस्थाहरुले काम गरिरहेका छन् ? यिनीहरुको नविकरणको अवस्था पेश गर्ने । यदि नविकरण नभएका संघ संस्थाले काम गरिरहेका छन् भने के कस्तो विधि, पद्धति र प्रक्रिया अवलम्बन गरी काम गर्न दिईएको हो ? साथै लिज र भाडामा दिइएका संस्थाहरुको विवरण सहित खुलाई पठाउने ।
६. कोषभित्र हाल के कति निर्माण परियोजनाहरु सञ्चालन भइरहेका छन् ? तिनीहरु कुन कुन निर्माण कम्पनीलाई कुन विधि र प्रकृया अपनाई ठेक्का दिइएको हो ?
७. हाल निर्माण भइरहेका संरचनाहरु गुरुयोजना अनुरुप नभएको गुनासो रहेकाले कहाँ कहाँ कुन कुन संरचनाहरु गुरुयोजना विपरित बनेका हुन् ? साथै त्यहाँ अघि बढाइएको लगभग ३ अर्बको ठेक्का लुम्बिनी गुरुयोजना अनुरुप छ कि छैन ? स्टीमेट (लागत अनुमान प्रतिवेदन) तयार गर्दा गुरुयोजना विपरित धेरै विषय रहेको भन्ने सूचना प्राप्त भएकाले के कति कारणले उक्त कुराहरु भएका हुन ? यथार्थ पेश गर्नु ।
८. लुम्बिनी विकास कोष परिसर भित्र मोटर बोट सञ्चालनको लागि कुन कानून, विधि र प्रक्रिया अवलम्बन गरी दिइएको हो ? यसले वायु र ध्वनी प्रदुषण गरेको गुनासो प्राप्त भएको छ ।
९. मन्दिर जाने बाटोमा रहेको कफी सप र पुस्तक पसल नियम विपरित सञ्चालन गर्न किन दिइएको हो ?
१०. क्रेन चरा फाउण्डेशनको मनपरी ढङ्गबाट दुरुपयोग भएको ।
११. लुम्बिनी विकास कोषलाई विगत पाँच वर्षदेखि विभिन्न दाताहरुले दिएको रकमको यथार्थ विवरण तथा सो को परिचालनको अवस्था खुलाई पठाउनु ।
१२. उपाध्यक्षले गरिमामय पदको दुरुपयोग गरी अन्य संस्थाबाट मासिक तलब बुझ्ने गरेको भन्ने विषयमा के भएको हो ?
१३. भर्खरै निर्माण सम्पन्न भएको भनिएको सभा हलमा पानी चुहिने समस्या भएको भनी गुनासो प्राप्त भएकोले सो विषयमा के भएको हो ? खुलाई लेखी पठाउनु ।

मन्त्री किराँतीले माथि उल्लेखित विषयमा जो स्पष्टिकरण सोधेका छन्, लुम्बिनी विकास कोषभित्र अनियमितता हुने मुख्य विषय यिनै हुन् । १३ बुँदा भित्र कोषभित्र हुने अनियमितताका क्षेत्र समेटिएका छन् । यिनै विषयमा चलखेल गरी कोषका पदाधिकारीले भ्रष्टाचार गर्ने गरेको कुरा सधै चर्चामा आउने गरेका हुन् । मन्त्री किराँतीले यसलाई लिपिबद्ध गर्ने काम गरेका हुन् । वास्तवमा लुम्बिनीलाई सुधार्न यिनै क्षेत्रमा नियम सङ्गत ढङ्गले र गुरुयोजना अनुरुप काम गर्ने वातावरण बनाउनुपर्छ ।

पञ्चशील र आर्य अष्टाङ्गीक मार्ग बुद्धका मुख्य उपदेश हुन । पञ्चशीलमा – (१) म प्राणी घात गर्ने काम छोड्ने शिल राम्ररी पालना गर्दछु । (२) म नदिईकन लिने कर्म छोड्ने शिल राम्ररी पालना गर्दछु । (३) म काम रागको विषयमा नराम्रो आचरण गर्ने वा परस्त्री वा परपुरुष गमन गर्ने काम छोड्ने शिल राम्ररी पालना गर्दछु । (४) म झुठ्ठो कुरा गर्ने बानी छाड्ने शिल राम्ररी पालना गर्दछु । (५) म बेहोसका कारण हुने जाँड रक्सी आदि लागू पदार्थ सबै छोड्ने शिल राम्ररी पालना गर्दछु । यी पञ्चशीलको शिलालेख लुम्बिनीको मायादेवी मन्दिर प्रवेश गर्ने क्षेत्रमा स्थापित गरिएको छ तर दुर्भाग्य वा दुःखको कुरा लुम्बिनी विकास कोषका पदाधिकारीहरुले नै पञ्चशील विपरित काम कारवाही गर्ने गरेको कुरा मन्त्री किराँतीले उठाएका पदाधिकारीको अनियमित काम कारवाही सम्बन्धी प्रश्नले स्पष्ट पारेको छ । संसारलाई शान्ति, अहिंसा र निर्वाण सुखको ज्ञान बाँड्ने शाक्य मुनि बुद्धको जन्मस्थलको संरक्षण र प्रवद्र्धन गर्न स्थापित संस्थाभित्र नै अनियमित काम कारवाही हुनु दुःखद र निन्दनीय काम हो । संसारभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको आस्था र विश्वासमा चोट पु¥याउनु हो । त्यस्ता अनियमित काम कारवाही न बुद्धको पञ्चशील सिद्धान्तको आचरण अन्तर्गत पर्दछ, न त आर्य अष्टाङ्गीक मार्ग अन्तर्गत नै । आर्य अष्टाङ्गीक मार्ग अन्तर्गत (१) सम्यक दृष्टि (ठिक धारणा) (२) सम्यक सङ्कल्प (ठिक सङ्कल्प) (३) सम्यक वाचा (ठिक वचन) (४) सम्यक कर्मान्त (ठिक कर्म) (५) सम्यक जीवन (ठिक जीविका) (६) सम्यक व्यायाम (ठिक प्रयत्न) (७) सम्यक स्मृति (ठिक स्मृती) (८) सम्यक समाधी (ठिक एकाग्रता) यिनै हुन निर्वाण सुखका ८ मार्ग ।

आर्थिक अनियमितता नियन्त्रण, जापानी बास्तुकलाविद प्रोफेसर केन्जो टाँगेद्वारा बनाइएको गुरुयोजनाको हुबहु कार्यान्वयन र स्थानीय बासिन्दाहरुलाई लुम्बिनीप्रति अपनत्व र विश्वास जगाउनु लुम्बिनी विकास कोषका मुख्य समस्या हुन् । लुम्बिनी विकास कोषमा आर्थिक अनियमितता सनातनी रोग हो । यहाँ पहिले विदेशी दाताहरुले दिएको रकम वा दान रकम समेत कोषमा जम्मा नगरी कोषका पदाधिकारी र कर्मचारीले निजी खल्तीमा हाल्ने गरेका समाचार अखबारमा प्रकाशित हुने गरेका पाइन्थ्यो । पछिल्लो चरणमा यस्तो अवस्थामा धेरै सुधार र व्यवस्थित गर्ने काम भएको छ । तैपनि मन्त्री किराँतीले हालै त्यस्ता प्रश्नहरु उठाउँदा लुम्बिनीप्रति आस्था राख्नेहरु झस्किएका छन् । अहिले दान पेटीकाको सुव्यवस्थित सञ्चालन छ । विदेशी अनुदान रकमको दुरुपयोगमा कमी आएको छ । नागरिक र सञ्चार माध्यमको कडा निगरानी छ । यो क्रमलाई निरन्तरता दिँदै अझै व्यवस्थित र पारदर्शी बनाउनुपर्छ लुम्बिनी विकास कोषलाई । मन्त्री किराँतीले उठाएका प्रश्न जायज र स्वभाविक छन् ।

लुम्बिनी हाम्रो देशको विकासको लागि मुख्य एक सम्पदा हो । यसको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो । लुम्बिनीमा कुनै पनि अनियमित गतिविधि हुन दिनु हुँदैन । भगवान बुद्ध जत्तिकै पवित्र राख्नु पर्छ लुम्बिनीलाई । लुम्बिनीमा अनियमित काम कारवाही गरिनु सरकारी कानूनबाट दण्डनीय छ, साथै धार्मिक कानूनले पनि यसको सजायँ सम्बन्धित व्यक्तिले पाउने नै छ भन्ने विश्वास गर्न सकिन्छ । लुम्बिनीमा अनियमितता हुने गरेको सन्देश संसारभर फैलियो भने लुम्बिनीप्रति भक्तजनको अनास्था बढ्छ । विकास र प्रवद्र्धनको लागि दान दातव्य प्राप्त हुँदैन । अतः लुम्बिनीलाई भ्रष्टाचार रहित बनाउनुपर्छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाउनुपर्छ । लुम्बिनीलाई पवित्र, सफा र सुन्दर बनाऔं । यस्तो हुन सक्यो भने संसारकै ध्यान लुम्बिनीप्रति आकर्षित हुनेछ । लुम्बिनीसँग नेपालको भविष्य गाँसिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?