ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० : अन्तिम चारको टुंगो

२६ जेष्ठ २०८०, शुक्रबार
२६ जेष्ठ २०८०, शुक्रबार

बुटवल, २६ जेठ ।

जुनियर खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बुटवलमा जारी यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० मा शुक्रबार सम्पन्न लिग चरणको खेल सकिएसंगै अन्तिम चारको टुगो लागेको छ । प्रतियागितामा समुह ‘ए’ बाट ग्रिन प्लान्ट स्कुल र नेपथ्या तिलोत्तमा क्रिकेट एकेडेमी तथा समुह ‘बि’ बाट स्टार क्रिकेट एकेडेमी र बिएमडब्लु वेष्ट्रन क्रिकेट क्लब अन्तिम चारमा स्थान बनाएको छ । शनिबार पहिलो सेमीफाईनल खेलमा स्टार क्रिकेट एकेडेमी र नेपथ्या तिलोत्तमा क्रिकेट एकेडेमी तथा दोस्रो सेमीफाईनल खेलमा बिएमडब्लु बेष्ट्रन क्रिकेट क्लब र ग्रिन प्लान्ट स्कुल भिड्ने छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ११, प्यारामाउण्ट बोर्डिङ स्कुलको सहयोग तथा बिएमडब्लु वेस्टर्न क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबार भएको लिग चरणको पहिलो खेलमा ग्रिन प्लान्टले तिलोत्तमालाई ८ विकेट तथा दोस्रो खेलमा बिएमडब्लु वेष्ट्रन क्रिकेट क्लबले एभेरेष्ट बोर्डिङलाई ९ बिकेटले पराजित गरेको छ ।

देविनगरस्थित खेलमैदानमा भएको पहिलो खेलमा नेपथ्या तिलोत्तमाले टस जितेर ब्याटिङ रोज्दै २० ओभरमा ४ विकेटको नोक्सानीमा ९१ रनको लक्ष्य खडा गरेको थियो । तिलोत्तमाका लागि सुशान्त सुवेदीले ३ छक्का र ८ चौकाको मद्यतमा शानदार अर्धसतक पुरा गरे । उनले ६१ बलमा ५८ रन बनाए । ग्रिनका सन्जु रिमाल, कृश केसी र सरोज भट्टराईले १–१ बिकेट लिए । मध्यम लक्ष्यलाई ग्रिनका ब्याट्सम्यानहरुले १२.१ ओभरमा २ बिकेटको नोक्सानीमा भेटायो ।

उसका लागि रोहित कुवरल र कृश केसीले नटआउट २५÷२५ रनको योगदान दिए । तिलोत्तमाका सुशान्त सुवेदी र हिमान्सु पाण्डेले १–१ बिकेट लिए । ग्रिनका कृश केसी म्यान अफ द म्याचबाट पुरस्कृत भए । यसैगरी दोस्रो खेलमा टस जितेर एभरेष्टले १३.४ ओभरमा सबै बिकेट गुमाएर ६३ रनको लक्ष्य खडा गरेको थियो । यसका लागि अंकित बस्नेतले १० तथा आदित्य देवकोटाले २० रनको योगदान दिए । कम स्कोरमा रोक्न वेष्ट्रनका अमृत तिवारीले ३ तथा श्रीयान्सु र अनमोल पुनले समान २–२ बिकेट लिए । कम स्कोरलाई वेष्ट्रनका ब्याट्सम्यानहरुले ८.२ ओभरमा १ बिकेटको नोक्सानीमा भेटायो । ओपनर ब्यट्सम्यान युनिक ज्ञवाली ३० बलमा १९ तथा निश्चल पौडेल १४ बलमा ३१ रनको नटआउट पारी खेले । खेलमा वेष्ट्रनका निश्चल पौडेल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा आयोजक वेस्टर्न क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी, एभरेस्ट ई. बो. स्कुल, ग्रीन प्लान्ट ई.बो. स्कुल, एमएसएमटी क्रिकेट एकेडेमी गरी रुपन्देहीका ६ वटा एकेडेमी र विद्यालयका टिमबिच प्रतिस्पर्धा भएको एकेडेमीका अध्यक्ष भुवन पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?