ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण
लुम्बिनी केबलकार उदघाटन

पर्यटनबाटै आर्थिक समृद्धिः प्रधानमन्त्री

२५ जेष्ठ २०८०, बिहीबार
२५ जेष्ठ २०८०, बिहीबार

बुटवल, २५ जेठ ।

लुम्बिनी केबलकार बुटवल हिल्सको बिहीबारदेखि औपचारिक उदघाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले औपचारिक रुपमा केबलकारको उदघाटन गरेका हुन् । मानव अवशेष भेटिएको, अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्ला, पहाडी भेगसंगको आर्थिक नाका लगायत सबै हिसाबबाट ख्याती कमाएको रुपन्देहीको विकासमा संघीय सरकारबाट बजेट सम्बोधन गर्ने उनले बताए । निजी क्षेत्रबाट भएको लगानीले पर्यटन विकास भएको र यसमा सरकारको हातेमालोसंगै समृद्धि सम्भव छ भन्ने नारा सफल हुने उनले दाबी गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जनआकांक्षा अनुसार प्रतिफल दिनेमा आफू विश्वस्त रहेको बताए । निजी क्षेत्रबाट गरिने सबैजसो लगानीमा लागि प्रदेश सरकार स्वागत गर्न चाहेको उनले बताए ।

संघीयतालाई केन्द्रको युनिटका रुपमा नहेर्न उनले सुझाव दिदै संविधानले तोकेका अधिकार प्रदेशलाई विकेन्द्रीकरण गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरे । पुलिस नभएको सरकारको कुनै तुक नभएको भन्दै आवश्यक नीतिमा रहेर आधारलाई टेकेर अधिकार दिन उनले आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले यहाँका पर्यटकीय क्षेत्रमा केबलकार संचालनसंगै थप पर्यटकहरुलाई सुविधा दिने बताए । उनले १४ महिनामा ठूलो आयोजना सम्पन्न गरी देशमा विकास गर्न सकिने सम्भावनालाई उजगार गरेको बताए । निजी क्षेत्रबाट छिटो काम हुने तर सरकारी विकासका काम तोकिएको समयमा नहुने समस्यालाई तोड्ने गरी अघि बढ्न सरकारलाई उनले सुझाव दिए ।

पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले महत्वपूर्ण संरचना निर्माण गरेर पुरा भएको भन्दै यसबाट पर्यटन विकासमा टेवा मिल्ने बताए । पाल्पा र रुपन्देहीलाई जोड्ने काम केबलकारले गरेको उनले बताए । कामाख्या देवि मन्दिरको विशाल, आकर्षक, धार्मिक आस्थाको मन्दिरका कारण यहाँको थप गरिमा बढेको उनले बताए । अन्त कहीं पनि निर्माण गर्न नसकिने बुद्ध जन्मस्थल र योसंगै जोडिएका धेरै संरचना प्रदेशमा रहेको भन्दै उनले यसको ऐतिहासिक सम्पदा, सामाजिक सांस्कृतिक सम्पदालाई प्रचारप्रसार गरेर अघि बढ्न जरुरी रहेको बताए । गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल– नारायणगढ सडक बिस्तार जस्ता परियोजनालाई निरन्तरता दिन जरुरी रहेको उनले बताए । लगानी निजी क्षेत्रबाट भएपनि यसबाट सबैको आर्थिक सबलीकरणमा सहयोग मिल्ने पौडेलको भनाई छ ।

कार्यक्रममा भारत उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटकलाई भुलाउने सम्भावना देखिएको बताए । नेपालको साहसिक, धार्मिक र पर्यटकीय स्थलमा बाह्य पर्यटक ल्याउन र रमणीय स्थलमा घुमाउने थलो रहेको छ । लुम्बिनीसंगै नयाँ गन्तव्यका कारण नेपाल र भारतबिच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुनेछ”–उनले भने ।

कार्यक्रममा संघीय सांसद ठाकुर गैरे र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पर्यटन नै आर्थिक विकासको आधार भएको बताए ।

कार्यक्रममा केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको लगानी केवल ब्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्वतर्फ पनि ध्यान दिएको बताए । केबलकार टिकटको आम्दानीको २ प्रतिशत रकम दुई पालिकाको विकासमा लगाईने उनले बताए ।

कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यो क्षेत्र ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै यहाँको विकासमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?