© २०२३
बुटवल, २४ जेठ ।
लुम्बिनी केबुलकारको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ २५ गते बिहीबार गर्ने भएका छन् ।
केबलकार उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान हेलिकोप्टरबाट बुटवल आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीसंगै पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि संगै आउने छन् । साढे ३ अर्ब लगानीमा बुटवल–३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका–३ वसन्तपुरमा टप स्टेशन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।
केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए । केबलकारको उदघाटन समारोह टप स्टेशन वसन्तपुरमा साढे १० बजेपछि हुने लुम्बिनी केबलकार प्रालिले जनाएको छ । उदघाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसंगै पुर्व अर्थमन्त्री पौडेल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतका नेताहरु सहभागी हुने प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी