© २०२३
बुटवल(बुटवल टुडे) । खेलकुद क्षेत्रमा क्रियाशिल रुपन्देहीको लाफा सुमहको चौथो बार्षिक साधारण सभा तथा वृहत भेला सम्पन्न भएको छ । साधारण सभामा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले खेलकुद क्षेत्रमा लाफा समुहको योगदान उच्च भएको बताए ।उनले खेलकुदको अलवा सामाजिक कार्यक्रममा समेत समुहको सहभागीताले वडामा थप सामाजिक कार्यमा सहजता भएको बताएका थिए ।
कार्यक्रममा लाफा समुह बुटवलका सल्लाहार चक्रबहदुर रानाले लाफा समुहले विभिन्न क्षेत्र भलिवल, फुटसल, व्याडमिन्टन लगायतका क्षेत्रमा योगदान दिएको बताउदै यसले निरनत्रता पाउनुपर्ने बताएका थिए । समुहका अध्यक्ष बबिन थापाले समुहले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने बताएका थिए । कार्यक्रममा यसपाल चौतारे, टिप राना, पुर्व वडा अध्यक्ष भिम बहादुर श्रेष्ठ लगायतले बोल्दै समुहले गर्दै आएको कार्य उच्च रहेको भन्दै आगामी दिनमा पनि खेलकुद र सामाजिक क्षेत्रमा योगदान दिदै जानुर्पे बताएका थिए ।
समुहले राष्ट्रिय स्तरको ब्याडमिन्टन खेलाडी समेत उत्पादन गर्दै आएको छ । कार्यक्रममा समुहलाई सहयोग गर्ने विभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको थियो । साधारण सभाको अवसरमा आयोजना गरिएको आन्तरिक व्याडमिन्टन प्रतियोगीतामा ए लेभल तर्फ रेम्पो कुँवर र पवन गिरीको समुह प्रथम भएको थियो । वि लेभल तर्फ तिलक थापा र सन्तोष घिमिरेको समुह प्रथम भएको थियो । विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको थियो । प्रतियोगीतामा अनुशान खेलाडी पुरन राना, उदयमान खेलाडी रेम्पो कुँवर लाई नगद सहित सम्मान गरिएको थियो ।