© २०२३
बुटवल (बुटवलटुडे) जेठ– राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपालको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनबाट अध्यक्षमा बालकृष्ण गैरे चयन भएका छन् ।
बुटवलमा भएको साधारण सभा तथा अधिवेसनबाट उपाध्यक्षमा राम प्रसाद ढुंगाना, महासचिवमा सुनिता लामा, सचिवमा कृष्ण गौतम, कोषाध्यषमा देवी आचार्य चयन भएका हुन । यस्तै सदस्यहरूमा प्रकाश सिलवाल, राजेश शाह, कमला परियार, गणेशबहादुर केसी, मन्जु चौधरी, सर्जु चौधरी र नन्दराज धिताल चयन भएका हुन ।
साधारण सभामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्य, प्रदेश अध्यक्ष हुमनाथ अधिकारी संघीय सदस्य सावित्रा घिमिरे लगायतले शुभकामना दिएका थिए ।