© २०२३
बुटवल, ११ जेठ ।
पेशागत महासंघ नेपाल रुपन्देहीले तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले आइतबार एक विज्ञप्ती जारी गर्दै निजामती सेवा ऐन तथा स्वास्थ्य सेवा ऐनले निजामती कर्मचारीले आफ्नो पदमा बहाली गरेको दिनदेखि प्रत्येक महिना भु्क्तान भएपछि तलबभत्ता पाउने प्रवन्ध गरेको स्मरण गराउँदै कर्मचारी समायोजन ऐन २०७५ अनुसार संघ, प्रदेश र स्थानीय सरकारमा समायोजन भएका तथा सरकारको निर्णय अनुसार कामकाजमा खटिएका निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरुले साविकमा खाइपाई आएको तलव भत्ता पाउने सुनिश्चित गरेको जनाएको छ ।
महासंघका जिल्ला अध्यक्ष राजीव अर्याल र सचिव बुद्धिप्रसाद ज्ञवालीद्वारा जारी विज्ञप्तीमा देश विदेशमा समेत राम्रो पहिचान बनाउन सफल स्थानीय सरकार तिलोत्तमा सरकारले आफूले खटनपटन गरी तोकिएको जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीहरुको समयमै पारिश्रमिक भुक्तानी नहुने कुरा कल्पना बाहिरको विषय भएको उल्लेख छ ।
यसबाट नियमित कामकाजमा खटिएका राष्ट्रसेवकहरुले तलव भत्ता नपाउँदा दैनिक जीवनकोपार्जनमा कठिनाई भएकाले तिलोत्तमामा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरुले गरेको ऐक्यवद्धता जनाउँदै विज्ञप्तीमा समस्या तत्काल संबोधन गर्न माग गरिएको छ ।