ट्रेंडिंग:

>> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गरिदिन प्रदेश मन्त्रीहरुसँग माग

१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

भैरहवा, १३ जेठ ।

उद्योगी–व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि पहल गरिदिन लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुसँग माग गरेका छन् । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेय र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) गुप्ताको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी–व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

उनीहरुले विगतमा पनि विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमण अघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा भएको कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले नागरिकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि जग्गा तथा घर नै दिए पनि विमानस्थलमा अन्तर्राष्ट्रिय हुन नसक्दा नागरिक निराश भएको बताए । उनले मन्त्रीद्वय पाण्डेय र गुप्तालाई विमानस्थल नियमित सञ्चालनका लागि प्रदेश सरकारमार्फत पहल गरिदिन आग्रह गरे । अध्यक्ष ज्ञवालीले खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको बताए ।

उनले भने, ‘व्यवसायी पीडित छन् । ४० प्रतिशत सटर खाली भएका छन् ।’ उनले बेलहिया–बुटवल ६ लेन सडक हालसम्म पनि निर्माणसम्पन्न नभएकाले यसलाई पूर्णता दिनका लागि आवश्यक पहल गरिदिन मन्त्रीहरुसँग आग्रह गरे । उनले पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्ने र यसतर्फ प्रदेश सरकारले चासो दिनुपर्ने बताए । यस क्षेत्रको विकासका लागि रात्रीकालीन बजार सञ्चालन आवश्यक रहेको उनले बताए ।

चेम्बर अफ कमर्स, रुपन्देहीले सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढिरहेको उनको भनाइ छ । पर्यटन प्रवद्र्धनका लागि संस्थाले मेला, महोत्सव, दशैं सस्तो बजार, सडक खाना महोत्सव, अन्तरक्रिया, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले बताए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले समग्र रुपन्देही र लुम्बिनीको विकास आवश्यक रहेको बताए । उनले लुम्बिनीमा सञ्चालित गुम्बा तथा मोनाष्ट्रीमा पर्यटकहरु राख्दा त्यहाँ सञ्चालित होटल धरासायी भएको बताए । भण्डारीले चेम्बर अफ कमर्स, रुपन्देहीले प्रदेश सरकारसँग समन्वय गर्दै अघि बढ्ने बताए । समग्र रुपन्देही र लुम्बिनीको विकास मुलुकको विकासको आधार भएको उनको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनका लागि आन्दोलनका कार्यक्रम समेत गरिएको उनले बताए । लुम्बिनी र लुम्बिनीको प्रवेशद्वार भैरहवा क्षेत्रमा रहेका समस्याका समाधानका लागि अग्रसर हुन उनले मन्त्रीहरुसँग आग्रह गरे । लुम्बिनी विकास कोषमा भएको बेथितिबारे वर्तमान पर्यटनमन्त्रीले स्पष्टीकरण सोध्नु सकारात्मक भएको उनको भनाइ छ ।

भीम अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका भण्डारीले अस्पतालमा जनशक्ति र बजेटको अभाव रहेकाले अस्पतालको स्तरोन्नतिमा जोड दिन उनले आग्रह गरे । ‘कोभिड–१९ ले सरकारी अस्पतालको महत्व अझै बढाएको छ, ’उनले भने ।

सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्योग, पर्यटन र व्यवसायको विकासका लागि सरकारको ठूलो हात रहने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन नभए दबाबका लागि पुनः आन्दोलनमा उत्रिन बाध्य हुने बताए । श्रेष्ठले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । विमानस्थल नियमित रुपमा सञ्चालनका लागि विभिन्न चरणका आन्दोलन र छलफल भए पनि मन्त्री र सचिवबाट आश्वासन मात्रै पाएको उनले बताए । उनले कोभिड–१९ ले पर्यटन क्षेत्र प्रभावित भएको बताए ।

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके.)ले उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले मन्त्री बनाएर मात्र नहुने भएकाले मन्त्रीलाई अधिकार पनि दिनुपर्ने बताए । उनले भने, ‘यहाँहरुको साथ, सहयोग, सल्लाह र सुझाव आवश्यक छ ।’ मन्त्री गुप्ताले भ्रष्टाचारविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मन्त्री सन्तोष कुमार पाण्डेयको ठूलो योगदान रहेको बताए । उनले विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि प्रदेश सरकारबाट सक्दो पहल गरिने बताए ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल पूर्ण सञ्चालनका लागि संघीय सरकारसँग निरन्तर पहल भइरहेको बताए । उनले विमानस्थल सञ्चालन नगरीकन पर्यटनको विकासको परिकल्पना गर्न नसकिने बताए । उनले भने, ‘निश्चित रुपमा प्रदेश सरकारले विमानस्थल सञ्चालनका लागि पहल गर्छ । लुम्बिनीलाई प्रमुख केन्द्र बनाएर पर्यटन क्षेत्रमा काम गर्छ । लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउँछौं । सबैको साथ र सहयोगले विमानस्थल यथाशिघ्र सञ्चालनमा आउनेछ ।’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले बेथरी पुल निर्माण कार्यलाई फास्ट ट्रयाकमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए । उनले लुम्बिनीको माध्यमले लुम्बिनी प्रदेश समृद्ध हुने बताए । उनले भने, ‘लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेश भनेर चिनाउनुपर्छ ।’

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तीन जना कार्यसमिति सदस्यमा मनोनित

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले तीन जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संगठनको शनिबार बसेको कार्यसमिति बैठकले तीन जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । मनोनित हुनेमा अल्फा टे«डिङका मधु रायमाझी, विपिन टेलर्सका प्रिन्स वि.क. र श्री गणेश टे«डिङका संजय पाण्डे रहेको संगठनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%