© २०२३
बुटवल, १२ जेठ ।
नेपाल भलिबल इतिहासमै सबैभन्दा ठुलो एनएससी–काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा आयोजक नेपाललाई पराजित गर्दै काजकिस्तान फाईनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको सेमीफाईनलमा खेलमा काजकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो । फाईनलमा उपाधिका लागि काजकिस्तानले भारतसंग सामना गर्नेछ ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट काजकिस्तानले ३०–२८ को सेटमा जित निकाल्दै अग्रता लिएको थियो । तर नेपाली महिला टोलीले दोस्रो र तेस्रो सेट १६–२५, १५–२५ को अंकले जित निकाल्दै खेलमा फर्कियो । चौथो सेट भने काजीकास्तानले २५–१८ ले आफनो पौल्टामा पार्दैं खेल बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक पाचौ सेटमा १५–७ को सेटमा काजीकास्तानले जित निकाल्यो ।
तेस्रो पटक पनि जीत निकालेर ह्याट्रिक गर्ने नेपाली टिमको सपना सेमीफाईनलमा रोकियो । काभामा आबद्ध १४ मध्ये विश्व भलिबलमै आफ्नो उपस्थिति गराइसकेको काजखस्तान अनि दक्षिण एसियाको बलियो टोली भारतसहित ८ टिमले यस पटक प्रतिस्पर्धा गरिरहेको छ ।