© २०२३
कपिलवस्तु(बुटवल टुडे) ९ जेठ – कपिलवस्तुको यशोधरा गाउँपालिकाको बैदौली स्थित अनिरुद्ध पब्लिक माबिमा अध्ययनरत बिद्यार्थीको आँखा परिक्षण तथा चश्मा बितरण गरिएको छ । नेपाल नेत्र ज्योती संघ तौलिहवा आँखा अस्पतालको आयोजनामा स्कुल स्क्रिनिङ्ग कार्यक्रम अन्र्तगत बिद्यालयका ५ सय ९८ जना बिद्यार्थीको आँखा परिक्षण गरिएको थियो ।
त्यस्तै गरि दृष्टि समस्या देखिएका २३ बिद्यार्थीलाई निशुल्क चश्मा बितरण भएको थियो । तौलिहवा आँखा अस्पतालका दृष्टि बिशेषज्ञ प्रमोद यादव नेतृत्वको टोलीले बिद्यार्थीको आँखा परिक्षण गरेको थियो । अस्पतालले बिद्यार्थीको आँखा परिक्षण र चश्मा बितरणको कार्य गरेर आँखा स्वास्थ्य बारे सचेतना तथा दृष्टि समस्या निवारणका लागि निशुल्क चश्मा बितरण गरेर श्रहानिय कार्य गरेको बिद्यालयका प्रअ रमेश कुमार पाण्डेयले बताए ।
स्कुल स्क्रिनिङ्ग कार्यक्रम अन्र्तगत जिल्लाका बिभिन्न पालिकाका २१ वटा बिद्यालयका ५ हजार ३ सय ९ जना बिद्यार्थीको निशुल्क आँखा परिक्षण तथा १ सय ५१ बिद्यार्थीलाई चश्मा बितरण गरिएको संघका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रीवास्तवले जानकारी दिए । आँखारोगका कारण बिद्यार्थीले समस्या भोग्न नपरोस भनि कार्यक्रम अगाडी बढाइएको उनले स्पष्ट पारे ।