© २०२३
बुटवल, जेठ- बुटवल मजुवाका सन्जय सुनार सानैदेखी खेलमा रुचि थियो । कान्ति माबिको कक्षा ५ मा अध्ययरत उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुन्थे । मार्शल आर्ट उनलाई मन पर्ने खेल हो । उनी पढाईभन्दा बढि खेलमा चाहना राख्थे । पारिवारिक अवस्था कमजोर उनको यो सपनालाई बुटवलमा संचालन गरिएको निशुल्क तेक्वान्दो प्रशिक्षणबाट भने बाटो देखाएको छ । दिउँसो साढे ५ बजेबाट एक घण्टा उनी नियमित अभ्यास गर्न थालेका छन । आमा गिता सुनार हाटबजारस्थित बालमन्दिरमा छोरालाई लिएर आउछिन । छोराको खेलप्रतिको आकर्षकलाई देखेर उनी दंग छिन । आफ्नो सपना साकार हुनेमा उनी आशाबादी छन । ‘अब नियमित खेल खेल्छु ।’–उनले भने । खेलसंगै आत्मरक्षाको लागि यो उपयुक्त भएको उनको दाबी छ ।
विद्यालयमा विदाको घण्टी बज्ने बित्तिकै शान्तिपथका निखिल मधेसिया साथीहरुसंग हाट बजारस्थित बालमन्दिरमा पुग्छन । सबै जना लाईन मिलाएर तेक्वान्दोका विभिन्न कलाहरु सिक्छन । हातले रोक्ने, खुट्टाले हान्ने सिपहरु सिक्न पाउँदा उनी धेरै खुशी भएका छन । सरस्वती आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययरत उनी सानैदेखि तेक्वान्दो खेल्न चाहन्थे । उनको चाहना भविष्यमा खेलाडी बन्ने हो । खेल खेल्ने समय र जानकारी अभावमा उनि रोकिएका थिए । बुटवलमा संचालन भएको निशुल्क तालिममा सहभागी भएपछि भने उनि अब खेल निरन्तरता दिने बताउछन ।क
बुटवल गोलपार्ककी सुरेना गौतम पढाईमा धेरै ध्यान दिन्छिन । कान्ति माबि कक्षा ७ मा अध्ययन उनी भविष्यमा चिकित्सक बन्ने लक्ष्य राखेकी छिन । पढाईमा अब्बल उनी खेलमा पनि आकर्षित भईन । बुबाको खेलप्रति रुचिलाई पुरा गर्न उनी अहिले तेक्वान्दो सिक्दैछिन । निशुल्क तेक्वान्दो सिक्न पाउदा उनी निक्कै खुशि छिन । ‘तालिममा आत्मरक्षाका धेरै सिपहरु सिक्न पाएको छु ।’– उनले भनिन । पढाइसंगै खेललाई संगसंगै लैजाने उनको सोच छ ।
कान्ति माबि कक्षा ५ मा अध्ययरत निशा पुन निशुल्क तेक्वान्दो खेल खेल्न पाउँदा निक्कै खुशी छिन । मजुवा घरकी उनी पढाइ सकेर खेल सिक्न आउछिन । किक हान्ने, रोक्ने जस्ता आत्मरक्षाका धेरै सीपहरु सिक्न पाउँदा धेरै खुशि छिन । भविष्यमा शिक्षिका बन्ने चाहना बोकेकी छिन । यता कान्ति माबि कक्षा ४ मा अध्ययरत मजुवाकी सृष्टि मरासिनी खेलप्रति रुचि छ । स्वस्थ्य रहन खेल जरुरी रहेको उनि बताउछिन । ‘स्वस्थ्य भए जिवनमा सबै सपना पुरा गर्न सकिन्छ ।’– उनले भने ।
तेक्वान्दो खेलाडी तथा प्रशिक्षक राजकुमार पाण्डेले सामाजिक भावनाका साथ बुटवलमा तेक्वान्दो प्रशिक्षण चलाएका छन । उनले आफनो एक दर्जन भोलिन्टियर खेलाडीहरुको सहयोगमा ज्ञानोदय माबि, क्रान्ति माबि, सरस्वती आधारभुत विद्यालय लगायतका २ सय जनाभन्दा बढि विद्यार्थीहरुलाई एक हप्तादेखी दैनिक प्रशिक्षण दिदै आएका छन । खेलप्रति रुचि भएपनि आर्थिक अभाव झेलेका बालबालिकाहरुलाई खेल सिकाउन थालेको हुन ।
बालबिकासका लागि पनि यो धेरै महत्वपुर्ण हुने उनले बताए । खेल हेर्न अभिभावक समेत आउछन । राम्रो खेल्दै जाने र खेलप्रति रुचि बढि हुने खेलाडीहरुको छनौट गरि नेपाल तेक्वान्दो संघमा निशुल्क दर्ताको ब्यवस्था, निशुल्क ड्रेसको पहल गर्ने उनले बताए । प्रशिक्षणमा बुटवल उपमहानगरपालिका शिक्षा शाखा, प्रदेश खेलकुद परिषद लुम्बिनी, बुटवल उपमहानगरपालिका वडा नं ५ को वडा कार्यालय, नेपाल बाल संगठनको सहयोग रहेको छ । एक महिना अघि विद्यालयहरुमा पत्राचार गरि आवश्यक स्थानको खोजी गरि हाटबजार स्थित वाल मन्दिरमा खेलाईएको हो । उनको यो खेल विकासमा वडा कार्यालय वडा नं ३ बाट बर्सेनि खेलकुद सामानहरु उपलब्ध हुँदै आएको छ ।