© २०२३
बुटवल(बुटवल टुडे) जेठ ।
संघीयतालाई संस्थागत गर्नको लागि मिडियाको भूमिका महत्पूर्ण हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा २ दिनसम्म सञ्चालन गरिएको स्थानीय सरकार र संघीयताका सवाल पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले संघीयतालाई मजबुद बनाउन सञ्चार जगतको भूमिका रहेको बताएका छन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जनतालाई केन्द्रमा राखेर संघीयता लाई सफल बनाउनको लागि सञ्चारमाध्यमले भूमिका खेल्नु पर्नेमा जोड दिए ।
उपमहानगरले पत्रकारहरुको हकहित संरक्षणसँगै बृत्तिविकासमा सधै लाग्ने बताउँदै उहाँले अतिरञ्जित भन्दा खोजमुलक पत्रकारिता गर्नको लागि आग्रह गरे ।
नेपालको संविधान २०७२ ले स्थानीय तहलाई २२ वटा एकल अधिकार दिए पनि सहज रुपमा अधिकार प्राप्त नभएको र अहिले पनि केन्द्रक्रित मानसिकताले गर्दा संघीयता कार्यान्वयनमा बाधा परेको पाण्डेयले गुनाशो पोखे ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले पत्रकारहरुको क्षमताबृद्धिको लागि यस आर्थिक वर्षमा नगरले ५ लाख बजेट छुट्टाएको जानकारी दिईन ।
उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले संविधानको अनुुसुचि ९ ले सघं ,प्रदेश र स्थानीय तहको साझा अधिकार सूची रहेपनि सहकारी , शिक्षा र स्वास्थ्यमा बढि समस्या देखा परेको बताउँदै पत्रकारिताका माध्यमबाट यस्ता मुद्धाले प्राथमिकता पाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमु्ख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले स्थानीय तह जनताले महशुस गर्न सक्ने नजिकको सरकार रहेको बताउँदै पत्रकारले स्थानीय तहका मुद्धालाई मुख्य प्राथमिकता बनाउनु पर्नेमा जोड दिए । जनताको पक्षमा पत्रकारिता गर्नको लागि शुझाँव दिदै उनले स्थानीय तहलाई प्रभावकारी बनाउनको लागि पत्रकारले जिम्मेवारी भएर खबरदारी गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसीले पत्रकारिताको मुद्धा बदलिएको परिस्थितीमा मिडियाको क्षमता बृद्धिको आवश्यकता रहेकोमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारहरुको क्षमताबृद्धि गर्नको लागि तालिम सञ्चालन गरिएको बताउँदै स्थानीय तहले मिडियाको सूचिकृत गर्नुपर्नेमा जोड दिए । महासंघ रुपन्देहीका सचिव बिनोद परियारले तालिमलाई शैद्धान्तिकसँगै प्रयोगात्मक गर्दै पत्रकारहरुको क्षमता बृद्धिको लागि लेखनवृत्ती समेत प्रदान गरिएको जानकारी दिए ।