ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : पश्चिम नेपालकै मुहार फेर्ने आशा

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

बुटवल, ५ वैशाख ।

नेपाल एयरलाईन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २९ देखि अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा स्थानीयलाई उत्साह जगाएको छ । पश्चिम नेपालको मुहार फेर्ने आशाको दियोको रुपमा हेरिएको यो विमानस्थल पूर्णरुपमा संचालनमा आएको खण्डमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको महिमा र जन्मस्थल लुम्बिनीको महत्वलाई बिश्व समुदायमा प्रचारप्रसार गर्न पनि महत्वपूर्ण टेवा पुग्ने छ ।

गतवर्ष जेठ २ गते सोमबार बुद्ध जयन्ती र वैशाख पूर्णिमा, रुपन्देहीबासीका लागि ऐतिहासिक महत्वको दिन थियो । वि.सं. २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजिरा एयरलाईन्सको एयरबसले अन्तर्राष्ट्रिय उडानको शुभारम्भ गरेको थियो । अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै भैरहवा, बुटवलबासी मात्र नभै सिंगो लुम्बिनी प्रदेशबासी नै यसको क्षेत्रको विकासले फड्को मारेको भन्दै उत्साहित भएका थिए । पहिलो पटक १ सय ९४ यात्रुहरु लिएर अवतरण गरेको जजीराले ३० जना यात्रु बोकेर फर्केको थियो ।

उक्त दिन कुवेतस्थित जजिरा एयरलाइन्सको २ सय ७८ यात्रु क्षमताको न्यारोबडी जहाजले पहिलो उडान भर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व र आवश्यक्ता उजागर गरेको थियो । दैनिक ५ वटा अन्तर्राष्ट्रिय उडान भर्ने क्षमताको गौतमबुद्ध विमानस्थलमा जजीरा एयरलाईन्सले शुरुमा हप्तामा ३ दिनमात्र उडान भर्ने गरेको थियो । जजीराले क्रमशः उडान बढाउँदै लैजाने र अन्य एयरलाईन्सहरु पनि थपिने भन्ने कुरा चल्दा चल्दै अन्तर्राष्ट्रिय उडान नै ठप्पै रोकियो ।

झण्डै १ दशकअघि शुरु भएको सो विमानस्थल संचालनमा आएपछि यहाँका उद्योगी, ब्यवसायी, बुद्धिजिवी, किसान लगायत सबै निकै उत्साहित बनेका थिए भने वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने युवाहरुका लागि सहज र सुवर्ण मौकाका रुपमा पनि हेरिएको थियो । पश्चिम नेपालका लागि निकै लाभदायक मानिएको यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिए पनि उक्त उत्साहमाथि पानी पोखिए झैं भएको स्थानीयहरु बताउँछन् ।

करिब ८ अर्व रुपैयाँ लगानी गरेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलप्रति यसक्षेत्रका जनताको ठुलो आशा र अपेक्षा रहेको भैरहवाका स्थानीय बासिन्दा डम्बरदेव पन्त बताउँछन् । सयौं किसानको जग्गा अधिग्रहण गरेर बिस्तार गरिएको भैरहवाको विमानस्थलले यसक्षेत्रको आर्थिक विकासमा समेत टेवा पु¥याउने विश्वास गरिएको पन्तको भनाई छ । उनी भन्छन्—“तर कसरी रोकियो, किन रोकियो, कसको कारणले हो, कसको कमी कमजोरी हो स्थानीयले केही थाहा पाउन सकेका छैनन् ।”

भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान हुन थालेपछि यहाँका पर्यटन ब्यवसायीहरु पनि निकै उत्साहित बनेका थिए । अहिले पनि अन्तर्राष्ट्रिय उडानका लागि सरोकारवाला निकायहरुमा पर्यटन ब्यवसायीहरुले पहल गरिरहेका छन् । नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाईन्स, विदेशी एयरलाईन्सहरु लगायतमा पुगेर उडानका लागि प्रयास गरिएको पर्यटन ब्यवसायी सागर अधिकारीको भनाई छ । अधिकारी भन्छन्—“सरकार, सम्बन्धित सरकारी निकायहरु, सरोकारवाला एयरलायन्सहरु सबैमा आग्रह अनुरोध लगायतका पहल र प्रयासहरु भैरहेका छन् ।

रोकिएको अन्तर्राष्ट्रिय उडान पुनः सन्चालन हुनेमा बुटवलकी पर्यटन ब्यवसायी रचना पन्त पनि विश्वस्त छिन् । पर्यटन ब्यवसायी संघ नाटाकी लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेकी पन्त भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको ब्यवस्था तत्काल मिलाउनु पर्ने कुरामा जोड दिँदै आगामी जेठ २९ गतेदेखि नेपाल एयरलाईन्सले उडान भर्ने कुराले उत्साहित बनाएको बताउँछिन् । यसक्षेत्रकै विकासमा कोसे ढुंगा सावित हुने अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ढिला गर्न नहुने धारणा अध्यक्ष पन्तको छ । उनी भन्छिन्—“पहिले शुरु भएर रोकिएको थियो । अव फेरि हँुदैछ यो राम्रो कुरा हो तर यसलाई निरन्तरता दिन हरसम्भव प्रयास सबैले गर्नुपर्छ ।”

गतबर्ष दुवईबाट नेपाल आउने क्रममा भैरहवा विमानस्थलमा उत्रिएका सैनामैनाका शालिकराम भट्टराईले सिधा उडानले निकै सहज बनाएको बताएका थिए । पहिलेको जस्तो काठमाडौं उत्रेर फेरि भैरहवा आउनु पर्ने वा जीर्ण सडकमा बसको यात्रा गरेर दुःख पाउने अवस्था अन्त्य भएको भन्दै उनले खुशी ब्यक्त गरेका थिए । यात्रा सहज र खर्च कम हुने भएकाले पनि यात्रुहरु उत्साहित हुने गरेको उनको टिप्पणी छ । उनी भन्छन्—“टिकट पनि सस्तो पर्यो, एकैदिनमा सिधै घर आईपुगियो खर्च पनि कम भयो ।” उनीसँगै नेपाल आएका अन्य यात्रुले पनि प्रसन्नता ब्यक्त गर्न भ्याए ।

पुरानो आन्तरिक विमानस्थलबाट अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् । नेपाली आकासमा हुने एयर ट्राफिक जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातीको समयमा राखिएको छ । यसले पनि समस्या पारेको भन्दै ब्यवसायीहरुले बिहान सबेरैको समय निर्धारण गर्दा राम्रो हुने बताउँछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक जाम पनि केही हदसम्म घट्ने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?