ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा
स्थानीय सरकार

५० बर्ष बसेपछि जग्गाधनी प्रमाणपूर्जा

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

पाल्पा राष्ट्रिय भूमिआयोगपाल्पाले रामपुर नगरपालिकाभित्रकाथप ३ सय ५४ अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा दोस्रो चरणमा पूर्जावितरण गरेको हो ।
आयोगले पहिलो चरणमा गत पुस ८ गते २ सय ६२ जनाजग्गाधनीलाई पूर्जा वितरण गरेको थियो । अव्यवस्थितबसोबासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै राष्ट्रिय भूमिआयोगका केन्द्रिय नहेन्द्र खड्काले अबको २ वर्ष भित्र नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त बनाउने गरी आयोगले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए ।
देशमाभूमिहिनताको अन्त्यको लागि देश व्यापी रुपमा अभियान सञ्चालन गरेको भन्दै “स्थानीयतहहरुको सहयोग प्रर्याप्त भएको स्थितिमा आउने २ वर्ष भित्र सधैंका लागि भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको भूमि सम्बन्धी समस्यालाई अन्त्य गर्न, नेपाललाई भूमिहिनता र सुकुम्बासीमुक्त देश बनाउन लागि रहेका छौं ।”
भूमिहिनदलित, भूमिहिन सुकुम्बासीलाई निशुल्क रुपमाजग्गाउपलब्ध गराउन, अव्यवस्ति बसोबासीहरुलाई तोकिएको शुल्कलिएर जग्ग ाउपलब्ध गराउनका लागि सरकारले राष्ट्रिय भूूमिआयोग गठन गरेको बताउँदै भूमिहिनताको राष्ट्रिय अभियानको रुपमा आयोगले लालपूर्जा तयार गर्ने वितरण गर्ने लगाएतका कामहरु देशव्यापी रुपमा गरिरहेका जानकारी दिए । उनले भने, “देशमा ५० लाखभन्दा धेरै नागरिक भूमिहिनताको अवस्थामा रहेका छन् । अहिले देशैभर बाट साढे १३ लाखभन्दा बढी जनताले राष्ट्रिय भूमिआयोग समक्षनिवेदन पेश गरेका छन् । जस मध्ये ८ लाख ३६ हजार भन्दा धेरै निवेदनहरु कम्प्युटर प्रणालीमा इन्ट्री भएका छन् । १ लाख २५ हजार भन्दा धेरै कित्ताजग्गाहरु नापजाँच भैसकेको छ । २५ सयलालपूर्जा वितरण भैरहेको छ ।” रामपुर नगरका भुमिहिनदलित ५७, भुमिहिन सुकुम्बासी ६१ ज्ना र अव्यवस्थितबसोबासी ४ सय २७जनाको इन्ट्री भएको छ ।
राष्ट्रिय भूमिआयोगजिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेले पहिलो र दोस्रो चरणमा गरी हाल सम्म रामपुरमा हाल सम्म ६ सय १६ वटा लालपूर्जा वितरण भएको बताए । रामपुरको अव्यवस्थित बसोबासीको समस्या धेरै पहिले देखिको भएकाले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए । उनले ६ सय १६ अव्यवस्थित जग्गा धनीपूर्जा वितरणबाट १० करोड २४ लाख ९ हजार ६ सय ३७ राजस्व संकलनभएको छ ।
हाल सम्म ९४ रोपनी, १३ आना, २ पैसा ०९८ दाम क्षेत्रफलको जग्गालाई पूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले सबैको साथ र सहयोगले हालसम्मको उपलब्धी प्राप्त भएको बताए । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरपालिका आयोगलाई साथमा लिएर अघि बढेको भन्दै अहिले प्राप्त भएका जग्गाधनी प्रमाण पुर्जा प्रक्रियागत रुपमा दर्ता भए पछि मात्र जग्गाधनी ढुक्क हुने बताए । उनले प्राप्तजग्गाको श्रेस्ताकायम छिटो गर्न अनुरोध गर्दै अव्यवस्थितजग्गामा बनेका घरको अभिलेखिकरण नगरपालिकामा गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

34% 34% 34% 0%