ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि हंसपुरलाई

२६ बैशाख २०८०, मंगलवार
२६ बैशाख २०८०, मंगलवार

सन्धिखर्क, २६ वैशाख ।

मालारानी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी वडा नं ८ हंसपुरले जितेको छ ।

मालारानी गाउँपालिका ३ खनदहको आदर्श मावि खेल मैदानमा सोमबार सम्पन्न भएको प्रतियोगितामा वडा नं. ८ ले उपाधी संगै ६० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो ।

यस्तै वडानं ९ द्वितीय हुँदै रु ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, त्यस्तै वडा नं. ५ ले तृतिय हुँदै रु ४० हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलमा मालारानी ८ का खेलाडी सुरज बिक उत्कृष्ट खेलाडी र अनुशासिततर्फ शालिग्राम बाँठा मगर पुरस्कृत भएका छन् ।

विजयी खेलाडिहरुलाई मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, शिक्षा अधिकृत रमेश पन्थी, नेकपा माओवादी केन्द्रका पालिका कमिटी अध्यक्ष पदम क्षेत्री लगायतले बधाई सहित शुभकामना व्यक्त गरेका थिए । खेलाडीलाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले उत्कृष्ट खेलाडी उत्पादन र खेल क्षेत्रमा पालिकाले थप लगानी गर्ने बताएका छन् ।

यसैबीच खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने र अनुशासित पुर्वक खेल खेल्ने एक÷एक जना खेलाडीलाई नेकपा माओबादी केन्द्र मालारानी गाउँपालिका कमिटी अध्यक्ष पदम क्षेत्रीले क्रमशः रु ५ हजार र रु १ हजार नगद पुरस्कारले सम्मान गरेका थिए ।

प्रतियोगितामा पालिका भित्रका ९ वटै वडाकोे सहभागिता रहेको थियो । प्रतियोगिता आईतवारदेखि संचालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?