ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८०

सैनामैनाको विजयी शुरुवात

२४ बैशाख २०८०, आईतवार
२४ बैशाख २०८०, आईतवार

बुटवल, २४ वैशाख ।

प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० मा सैनामैना नगरपालिकाले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र बुटवल क्रिकेट विकास समितिको आयोजनामा आइतबार भएको उद्घाटन खेलमा सैनामैनाले आयोजक बुटवल उपमहानगरपालिकालाई ५ रनले पराजित गर्दै स्पष्ट अंक जोड्न सफल भएको हो ।

नरेश्वर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै सैनामैनाले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५३ रनको लक्ष्य खडा गरेको थियो । सैनामैनाका बिक्रम गौतमले २४ बलमा ४६, बसन्त खड्काले २७ बलमा ३१ तथा सुशिल सापकोटाले २३ बलमा २५ रनको योगदान दिएका थिए । बुटवलका अभिषेक गौतमले ४ ओभरमा २८ रन खर्चेर २ तथा सुदन श्रेष्ठले ४ ओभरमा २३ रन खर्चेर समान २ बिकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको बुटवलका ब्याट्सम्यानहरु १९.५ ओभरमा सबै बिकेट गुमाएर १ सय ४८ रनमा समेटियो । बुटवलका बिक्रम भुषालले ३९ बलमा ६६ तथा बिवस खातीले १६ बलमा १८ रनबाहेक अन्य ब्याट्सम्यान जम्न सकेनन् । कम स्कोरमा रोक्न सैनामैनाका अशोक बिकले ४ ओभरमा १३ रन खर्चेर ३, उदय महर्जनले ४ ओभरमा १९ रन खर्चेर २ तथा सुनिल पौडेलले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिएका थिए । खेलमा सैनामैनाका अशोक बिक म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बीच प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले उद्घाटन गर्दै पालिकास्तरका युवा क्रिकेट खेलाडीहरुलाई प्लेटफर्म दिन यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए । युवा र खेलकुदलाई जोड दिएर बजेट बिनियोजन गरेको बताए । वडास्तरमा खेलकुद गतिविधि उकास्ने गरि पुर्वाधार र प्रतियोगिताहरु आयोजनामा स्थानिय सरोकारवाला संस्थाहरुलाई समन्वय गर्ने काम गरेको उनले बताए । कार्यक्रममा रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाड, निर्वतमान अध्यक्ष नेत्र पौडेल, समितिका अध्यक्ष सोहन श्रेष्ठ (अमित), समितिका वरिष्ठ उपाध्यक्ष रोमित बज्राचार्य, उपाध्यक्ष अनिल सेन्चुरीले क्रिकेट खेलको पुर्वाधारमा सरकारको ध्यान जानुपर्ने सुझाव दिए । प्रतियोगितामा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सास्कृतिक नगरपालिका गरि ६ टिम उपाधि भिडन्त गर्ने भएका छन् ।

प्रतियोगिता आयोजना गर्न बुटवल उपमहानगरपालिकाले ५ लाख बजेट बिनियोजन गरिएको छ । ४ दिनसम्म चल्ने प्रतियोगितामा ६ लाख ५० हजार खर्च हुने अनुमान रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने समितिका सचिव पुनित पोखरेलले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार रुपैया, मेडल, प्रमाणपत्र, म्यान अफ द सिरिजलाई नगद ५ हजार रुपैया, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २ हजार ५ सय रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?