© २०२३
बुटवल, २३ वैशाख ।
पार्टी ईभेन्ट बुटवल प्रथम खुला फुटसल प्रतियोगिता २०८० दुई दिने प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ । शुक्रबार मोनालिसा फुटसल एरिनामा भएको खेलमा
युनिक एफसीले बुटवल युनाईटेड एफसीलाई ६–०, ईन्टर स्पोर्टस एफसीले सनराईज एफसीलाई ६–३, माछापुच्छे एफसीले मोनालिसा एफसीलाई पेनाल्टी शुटआउट र ईम्मा एफसीले दोभान एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
शनिबार दिउसो पहिलो सेमीफाईनल खेलमा ईन्टरले माछापुच्छे एफसी र दोस्रो सेमीफाईनल खेलमा युनिकले ईम्मा एफसीसंग फाईनलका लागि खेल्नेछ ।
एक कार्यक्रमका बीच पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका उपाध्यक्ष गणेश घिमिरे, लाफा समुहका बबिन थापाले प्रतियोगिताको उदघाटन गर्दै युवाहरुमा खेलकुद आर्कषणसंगै एकता र भातृत्व विकास गर्ने माध्यम भएको बताए ।
प्रतियोगितामा विजेता टिमले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने पार्टी ईभेन्टका अध्यक्ष अमित गुरुङले बताए। यसैगरि सर्वोत्कृष्ट खेलाडी, हाई स्कोरर, उत्कृष्ट गोलकिपरलाई पुरस्कृत गरिने उनले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा २० टिमहरु उपाधिका लागि प्रतिस्पर्धा गरेको खेल संयोजक मनिष श्रेष्ठले बताए ।