© २०२३
नवलपरासी, बैशाख- जिल्लाको सुनवल नगरपालिका वार्ड नं.२ का वार्ड समितिले वार्डका गर्भवती महिला तथा नवविवाहित युवतीहरुलाई गर्भ संस्कार शिक्षा दिईने कार्य शुरु गरेको छ । गर्भदेखी नै संस्कारित र सुयोग्य सन्तानको जन्म दिउँन भन्ने उदेश्य राखी वार्ड समितिले आफ्नो बार्षिक कार्यक्रममा नै समावेश गरि सो गर्भसस्कार शिक्षाको शुभारम्भ गरेको हो ।
वार्ड समितिले पहिलो बर्षमै वार्डले बजेट विनियोजन गरि गर्भवती महिलालाई संस्कारित सन्तानका लागि गर्भसस्कार शिक्षा कार्यक्रम राखेको थियो । बुधवार वार्डका कुल ५५ जना गर्भवती महिला तथा नवविवाहित युवतीहरुलाई सहभागि गराई गर्भसंस्कार शिक्षा कार्यक्रमको प्रशिक्षण गराइएको वार्ड अध्यक्ष राजेन्द्र यादवले बताए । गर्भवतीको भौतिक विकासका लागि सरकारले नै खोप,पोषण,स्वास्थ्य परिक्षण जस्ता कार्यक्रम गर्दै आएको छ,उनले भने,तर मानसिक र चित्त शुद्धता गरि कुशल विचार,कुशल कर्म गरेर गर्भ भित्रका शिशुलाई ति संस्कार सिकाउदै संस्कारित बनाउनु पर्ने आवश्यकता सुनिएको थियो,त्यही भएर बजेट कार्यक्रममा नै समावेश गरि त्यस्तो गर्भसंस्कार शिक्षा कार्यक्रम गरिएको छ । यसलाई बर्षेनी निरन्तरता दिदै जाने सोच रहेको उनले बताए ।
शिशुको न्युरोन बन्ने काम गर्भभित्र नै ८० प्रतिसत भई सकेको हुन्छ,गर्भसंस्कार शिक्षाका अध्ययेता तथा प्रशिक्षक रामप्रसाद पाण्डेले बताए । न्युरोनसँगै शिशुमा विचार बन्ने क्रम पनि भई रहेको हुन्छ । जस्लाई भौतिक विकाससँगै चैत्शिक विचारको विकास हुने गरेको हुन्छ । यदि त्यो बेला गर्भवती महिलामा अकुशल विचार उत्पन्न भयो,त्यही खालको सुन्ने,बोल्ने,सहभागि हुने कार्य गरियो भन्ने ति सबै संस्कारको रुपमा गर्भका बच्चामा विकसित भई रहेको हुन्छ । त्यही अनुसार अकुशल चित्त भएरै शिशुको जन्म हुन सक्छ । गर्भवति हुनु प्राकृतिक स्वरुप भए पनि यसको महत्व समाजिक,अध्यातिमक,चैत्किस अवस्थाले शिशुको संस्कार र संस्कृति बनाउछ ।
जसलाई विचार,आनीबानी,ब्यवहार,बोलीभाषा समेतलाई त्यही अनुरुपको विकास भई रहेको हुन्छ । गर्भावस्थामा कुनै प्रकारको नयाँ,कुशल चित्त सहितको कर्म नगरिमा बाहिरी वातावरणमा जे भई रहेको हुन्छ,जे सुनिरहेको हुन्छ,जे गरिरहेको हुन्छ,ति सबै संस्कार गर्भभित्रको शिशुले सिकिरहेको हुन्छ, प्रशिक्षक पाण्डेले प्राकृतिको दृष्टान्त दिदै भने,जसरी खाली खेतमा कुनै बालनाली रोपिएन,गोडमेल गरिएन भन्ने प्रकृतिको नियमानुसार त्यसमा घाँसपात आफै उम्रिन्छ,खेत खाली हुदैन,त्यसै गरि मानिस पनि प्रकृति भन्दा बाहिर छैन्,महिलाको गर्भभित्र एक मानिसको विकास भई रहेको हुन्छ,यदि राम्रो शिक्षा र संस्कार सिकाईएन भन्ने प्राकृतिक रुपमा घर,छरछिमेकको वातावरण अनुसारको शिक्षा र संस्कार शिशु रुपि मानिसले त्यही गर्भमा सिकिरहेको हुन्छ । पछि त्यही अनुसारको ब्यवहार जन्मे पछि प्रक्ट गर्ने गर्छ । जुन परिवार र समाजले त्यसलाए अस्वभाविक रुपमा मान्ने गरेको हुन्छ ।
तर त्यो अस्वभाविक होईन,स्वभाविक नै हो, गर्भावस्थामा राम्रो संस्कार नदिदा वातावरणबाट सिकेर नराम्रो बनेको हो । त्यो भएर आमाको र बच्चाको भौतिक स्वास्थ्य मात्र नभई मानसिक स्वास्थ्य र चैत्सिक स्वास्थ्यमा पनि ध्यान पुर्याउनु पर्ने हुन्छ । गत बर्ष देखी सुनवल नगरपालिकाबाट शुरु भएको यो गर्भ संस्कार शिक्षा कार्यक्रम यो बर्ष वर्दघाट नगरपालिकाको १० स्थानमा करिब ६ सय गर्भवती महिला र नवविवाहित युवतीलाई चलाईएको बताउदै प्रशिक्षक पाण्डेले भने,सुनवल नगरपालिकाबाट कार्यक्रम नभए पनि यसको महत्व सम्झेर वार्ड अध्यक्ष यादवले आफ्ना वार्डका गर्भवति महिलालाई लक्षित गरी कार्यक्रम बनाई सञ्चालन गराएकोमा उनलाई धन्यवाद दिनु पर्छ । महिला वार्ड सदस्य यशोदा भट्टराईको अध्यक्षतामा भएको उतm कार्यक्रममा कार्यपालिका सदस्य माया कुमाल सहित दलित महिला वार्ड सदस्य लक्ष्मि हरिजन समेतको सहभागिता रहेको थियो । महिला लक्षित कार्यक्रम बनाई सञ्चालन गरिएकोमा महिला सदस्यहरु पनि उत्साही भएको बताएका थिए ।