© २०२३
काठमाडौं ।
कमजोर मानिएको कतारविरुद्ध नेपालले खराब ब्याटिङको नमूना प्रस्तुत गरेको छ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाली ब्याट्सम्यानहरु कतारका बलरसामू निरिह देखिए ।
टस हारेर पहिलो ब्याटिङमा निम्त्याइएको नेपाल १५७ रनमै अलआउट भएको हो । सन्दिप लामिछाने ४२ रन बाहेक नेपालका अन्य कुनै पनि ब्याट्सयानले ३० भन्दा माथिको स्कोर बनाउन सकेनन् । पछिल्लो समय उच्च लयमा रहेको नेपाली ब्याटिङ कतार सामू अपत्यारिलो रुपमा धराशयी बन्यो ।