ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता २०८०

बाँके दोस्रो पटक च्याम्पियन

१४ बैशाख २०८०, बिहीबार
१४ बैशाख २०८०, बिहीबार

बुटवल, १४ वैशाख ।

बुटवलमा सम्पन्न १३ औ संघीय तथा दोस्रो प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता २०८० को उपाधि बाँकेले चुमेको छ । बाँके प्रतियोगिातमा ९ स्वर्ण, ७ रजत तथा १५ कास्य जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो । प्रतियोगितामा कपिलवस्तुले ९ स्वर्ण, ६ रजत र ८ कास्य जित्दै दोस्रो तथा बर्दिया ८ स्वर्ण, ८ रजत र १० कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

प्रदेश खेलकुद परिषदको आयोजना तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिको आतिथ्यमा देबिनगर एन्फा एकेडेमी र हाटबजार स्थित कबड हलमा प्रतियोगिता सम्पन्न भएका थिए । मार्शल आर्टमा कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गत १ सय मिटरदेखि ४ सय मिटर दौड, रिले, कबड्डी, भलिबल, लङजम्प, हाईजम्प लगायत विधामा १२ जिल्लाका १ हजार ८० खेलाडीहरु र १ सय ५० अफिसियलहरु सहभागी रहेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले बताए ।

यसैबीच बुधबार सम्पन्न प्रतियोगिताबाट ९४ जना खेलाडीहरु काठमाडौमा हुने प्रतियोगिताको लागि छनौट भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई बुधबार अबेर बिदाई समेत गरिएको छ । बैशाख १५ देखि काठमाडौमा हुने प्रतियोगितामा उनीहरुले भाग लिने छन् । एक समारोहका बीच विजयी, उपविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, परिषदका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुदका भुपेन्द्र क्षेत्री (हरि), हरिबहादुर ओली तथा खेल पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले शिल्ड, पदक र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार उदघाटन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?