ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

साईक्लिङबाट मानव स्वास्थ्यसँगै पर्यटन प्रवद्र्धन

१० बैशाख २०८०, आईतवार
१० बैशाख २०८०, आईतवार

बुटवल, १० बैशाख ।

नयाँ वर्ष २०८० को स्वागतमा बुटवलमा साइक्लिङ र्याली गरी मनाईएको छ । भाना प्लसको नेपालको आधिकारीक आउटलेट हिमालयन ईन्टरियर प्रालिको प्रायोजन तथा बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा साइक्लिङ र्याली गरिएको हो ।

कार्यक्रमको एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुभारम्भ गर्दै साइकलमैत्री पूर्वाधार निर्माण गर्ने कामलाई नगरमा प्राथमिकता दिएको बताए । नगरका भित्री सडकहरुमा साईकल लेन बनाउन आवश्यक बजेट बिनियोजनसंगै आवश्यक कानुनी र प्राविधिक विषयलाई अघि बढाएको उनले बताए । स्वस्थ जीवन जिउन नियमित साइक्लिङबाट शारीरिक ब्यायाम उपयुक्त हुने उनले दाबी गरे । बुद्धजन्मस्थल लुम्बिनीको पर्यटनमा टेवा मिल्ने गरी साईकललाई जोडेर ३ तहकै सरकारले आवश्यक योजना ल्याउनुपर्ने सुझाव उनले दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले तराईका मानिसहरुको दैनिक जीविकामा साईकल महत्वपूर्ण पाटो भएको बताए । साईकलको प्रयोगलाई बढावा दिने गरी आवश्यक कानुन निर्माण गरी पूर्वाधार विकास गर्नसके यसबाट आम नागरिकसंगै पर्यटनको आकर्षण साइक्लिङ हुनसक्ने उनले दाबी गरे ।
कार्यक्रममा भाना प्लसको नेपालका लागि आधिकारीक आउटलेट हिमालयन ईन्टेरियर प्रालिका बजार प्रमुख महेन्द्र ढकालले ब्यापारिक प्रतिष्ठानहरु ब्यापार ब्यवसायसंगै सामाजिक कार्यमा समेत सधै अगाडि रहेको बताए ।

मानव स्वास्थ्यलाई फाईदा मिल्ने खालको घर अफिस सजावटमा आफुहरुको गुणस्तरीय भाना प्लसको उत्पादन नेपाली बजारमा बिक्री वितरण गर्दै आएको भन्दै योसंगै सामाजिक योगदानमा लागेको बताए । साईक्लिङमार्फत ब्यापार ब्यवसाय प्रवद्र्धनको अभियान सफल हुने सम्भावनातर्फ औल्याउँदै उनले आगामी दिनमा समेत हातेमालो गरी कार्यक्रम गर्ने प्रतिवद्धता जनाए । विगतबाट नै रक्तदान, विभिन्न पर्वहरुमा सहयोगका साथै अन्य धेरै सामाजिक कार्यमा स्थानीय क्लबहरुसंग सहकार्य गर्दै आएको उनले बताए ।

कार्यक्रममा श्री नंं २२ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी खेमराज शर्मा, रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, साईकल सिटी बुटवलका कोषाध्यक्ष विमल बस्नेत, बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष चन्द्र सुवेदी, ह्याप्पीका अध्यक्ष सुमन श्रेष्ठले नयाँ वर्षमा स्वास्थ्य र साईकलसंग जोडेर नयाँ सन्देश दिने गरी कार्यक्रम सम्पन्न भएको बताए ।
साईकल र्यालीमा तिलोत्तमा नगरपालिका–४ का क्यान्सरजस्तो दीर्घरोगसंग लड्दै गरेका एचबी बर्मासमेत सहभागी भएका थिए । ६१ वर्षीय साईकल अभियन्ता बर्मा क्यान्सर रोगबारे सचेतना जगाउन महाकाली–मेीिच साइकल यात्रामा बैशाख २८ गते हिड्दैछन । समयमा उपचार गरे क्यान्सरबाट बच्न सकिन्छ भन्ने जागरण लिएर यात्रा गर्न लागेको उनले बताए ।

कार्यक्रमका संयोजक रविलाल सुवेदीले स्थानीय साईक्लिष्ट र साईक्लिङ क्लबहरुको सहकार्यमा विभिन्न समयमा नमुना र सन्देशमूलक कार्य गर्दै आएको बताए । आगामी दिनहरुमा समेत सामाजिक उत्तरदायित्व बहन हुनेगरी रचनात्मक र सहयोग जुटाउने गरी कार्यक्रम गर्ने उनले बताए । र्यालीमा बुटवल, भैरहवा, सैनामैना, नवलपरासी लगायतका ८० बढी साईक्लिष्टहरु सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?