ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
मुख्य खबर

क्यान्सर बिरुद्ध ‘मेची–महाकाली साईकल’

९ बैशाख २०८०, शनिबार
९ बैशाख २०८०, शनिबार

बुटवल,  बैशाख
मानिस बिरामी हुदा शारीरिक कमजोरी महसुस गर्ने गर्छ । क्यान्सरजस्तो दीर्घरोग देखिए उपचारभन्दा पनि मानसिक तनावकै कारण समस्या बल्झिन्छ । रुपन्देहीका एक जना मुखको क्यान्सर भएका ब्यक्ति भने थप आफुजस्तो अरुलाई रोग नलागोस भन्ने बुझाउन महाकाली–मेची साईकल यात्रामा हिड्दै छन । तिलोत्तमा नगरपालिका–४ का स्थाई घर भएका एचबी बर्मा उनै पात्र हुन । जसको पहिचान साईकिलेको रुपमा रहेको छ । विगत १० वर्षदेखी उनी नेपालका हरेकजसो साईकल कार्यक्रममा देश घुमेका छन । उमेरले ६१ वर्ष लागेका बर्मा साईकल अभियन्ता भन्न रुचाउछन । यसअघि उनि नेपाली प्रहरीमा सेवारत थिए । सो क्रममा नवलपरासी, बाग्लुङ, बुटवल, नवलपरासी, अर्घाखाँची, कपिलबस्तु लगायत धेरै ठाउ उनि घुमेका छन । योभन्दा बढी उनि साईकलबाट देश नजिकबाट बुझेका छन । उनि नेपाल पुलिसमा हवल्दार पदबाट अवकास पाएका हुन ।
बिसं २०७० मा पहिलो राईड धरानदेखी हिले, चित्लाङ, बराहा क्षेत्रदेखी धरानसम्म गरेका थिए । यसैगरि दोस्रो राईड मेचीदेखी महाकालीसम्मको १० दिनसम्म १ हजार २४ किलोमिटर १० दिनको साईकल यात्रा, टुर द ठाकुरद्धार २०२० मा १ सय किलोमिटर दुई दिन, राईड टु रानीमहल ५६ किलोमिटर दुई दिने साईक्लिङ, बुटवल कोरा २०१८, बुटवल कोरा २०१९, बुटवल कोरा २०२१, सैनामैना कोरा २०२१ मा भाग लिएका छन । यस क्रममा विश्व साईकलयात्री पुस्कर शाहसंगसंगै साइकल चलाएका छन । उनि अहिले जुटेका छन, दोधारा चादनी महाकालीबाट मेचीसम्मको दोस्रो पटक यात्रामा । ‘यो मेरो क्यान्सरको बिरुद्ध सचेतना जगाउने राईड हो ।’–उनले भने । क्यान्सर रोगबाट लड्दै गरेको हुदा बर्मा आफनो यही अनुभवलाई नेपालको ठाउठाउमा नागरिकलाई बुझाउन हिडेको बताउछन ।
गुटका, सुर्ती खान हानिकारक छ भन्ने जागरण फैलाउने अभियान भएको उनले बताए । ‘समयमा उपचार गरे बच्न सकिन्छ’– उनले भने । यात्राबाट थप आफनो उपचारलाई पनि सहयोग जुट्ने आशा उनले लिएका छन । दुई वर्षअघि कृष्णनगरमा रहदा उनलाई मुख दुख्ने समस्या भयो । बेस्सरी दुख्ने मुख खोल्न नमिल्ने समस्या भएपछि सामान्य टन्सिलको समस्या हो भन्ने ठानेर उपचारमा लागे । पहिले घरमै सामान्य उपचार गरेका उनि बल्झिन थाल्यो । मुखको जिब्रो मुनी घाउ देखियो । दुखाई धेरै हुने र खस्न गारो हुने समस्या भयो । उनि उपचारमा लागे । काठमाण्डौ हुदै भरतपुर क्यान्सर अस्पतालमा उपचारमा पुगे । उनको जाच भयो । पहिलो पटक पाच दिन बसेर बायोस्पी जाच गरे ।
उनको जिब्रोको घाउ क्यान्सर भएको यकिन भयो । शल्यक्रिया गरेर फयाल्ने चिकित्सकको सुझाव अनुसार बैशाख र साउनमा दुईपटक समय लिएपनि त्यो सफल भएन फेरि समय सारीयो । गतवर्ष शल्यक्रिया भयो । लामो अस्पतालको बसाईपछि उनि नियमित दैनिकीमा फर्किए । ‘पहिलेको तुलनामा धेरै निको भएको छ ।’–उनले भने । पहिलो स्टेपमै उपचारमा पुग्दा आफु ठिक हुन सफल भएको उनले बताए । ‘अझै पनि घाटीमा चस्किने समस्या छ ।’–उनले भने । अझै पनि २५ प्रतिशत घाटीमा क्यान्सरको समस्या रहेको उनी बताउछन । उपचारको क्रममा करिब ढाई लाख जति खर्च भएको बताउने उनि बायोस्पी र थेरापी गर्दै आएका छन । सेलमा घाउ बढ्ने समस्या रोक्न थेरापी गरिदै आएको उनि बताउछन । महाकालीस्थित दोधारा चादनीबाट यात्रा शुरु गरेर मेची पुलमा समापन गर्ने कार्यक्रम रहेको उनले बताए । यो क्रममा ठाउठाउमा साईकल राईडरहरु र संस्थाहरुले स्वागत गर्ने उनले बताए । साईकलको चेन जस्तै एकअर्कालाई जोड्न सकिने उनी आफनो अनुभव सुनाउछन । देशको सिमाभन्दा बाहिर गएर विश्वभर भातृत्व जगाउन साईकल अभियान सफल हुने उनी बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?