ट्रेंडिंग:

>> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण
निबोध एरोबिक एण्ड जिमको नवौ स्थापना दिवस

खेल प्रतियोगिता तथा खेलाडी सम्मान

८ बैशाख २०८०, शुक्रबार
८ बैशाख २०८०, शुक्रबार

बुटवल, ८ बैशाख ।

शारीरिक सुगठनमा खेलबाट युवाहरुलाई परिचित गराउँदै राष्ट्रियस्तरको खेलाडी उत्पादनमा अग्रसर निवोध एरोबिक एण्ड जिमले आफ्नो नवौ स्थापना दिवस मनाएको छ । खेलाडीहरु बीच आन्तरिक प्रतियोगिता तथा सम्मान कार्यक्रम गरी स्थापना दिवस मनाईएको हो ।

बार्षिक उत्सवको अवसरमा खेलाईका विभिन्न खेलकुद कार्यक्रम अन्तर्गत मेन्स ६५ केजी तल पावर लिफ्टिङमा प्रविन थापाले कुल २ सय ९० केजी तौल उठाउँदै प्रथम, आकाश बर्माले २ सय ९० के.जी तौल उठाउँदै दोस्रो तथा २ सय ४५ केजी तौल उठाउँदै सन्दीप बगाले तेस्रो भएका छन् । यसैगरी मेन्स ६५.१ केजी तौल माथि समुहमा विवेक थापाले ३ सय ८७ केजी तौल उठाउँदै प्रथम भए । यसैगरी जतिन थैवले ३ सय ५० केजी तौल उठाउँदै दोस्रो तथा संदीप सहानीले २ सय ८७ के.जी तौल उठाउदै तेस्रो भए ।

मेन्स टायर फ्लिप एक मिनेट प्रतिष्पर्धामा राजेन्द्र भाट ३२ पटक फ्लिप गर्दै प्रथम, सन्दीप सहानी ३१ पटक फ्लिप गर्दै दोस्रो तथा प्रविन थापाले ३० पटक फ्लिप गर्दै तेस्रो भए ।
वुमन्स डेडलिफ्टमा पुनम थापाले १ सय २५ केजी तौल उठाउँदै प्रथम भए । शोभा कुंवरले १ सय २५ केजी तौल उठाउँदै दोस्रो तथा सन्दीप बगालेले ८५ केजी तौल उठाएर तेस्रो भए । यसैगरी वुमन्स बक्स जम्प १ मिनेटमा प्रतिष्पर्धामा शोभा कुंवरले २४ पटक जम्प गर्दै प्रथम, युवता थापाले २३ पटक जम्प गर्दै दोस्रो तथा मिना दर्लामीले २० पटक जम्प गर्दै तेस्रो भए ।

वुमन्स टायर फ्लिप एक मिनेट प्रतियोगितामा शोभा कुंवर २७ पटक फिल्प गर्दै प्रथम भए । युवता थापाले २० पटक फ्लिप गर्दै दोस्रो तथा सबिना श्रेष्ठले १९ पटक फ्लिप गर्दै तेस्रो भईन । यसैगरी भ्यालुयबल जिम मेम्बर बर्ष –२०७९ बाट रविन श्रेष्ठ, जतिन थैव र रामु रेग्मी पुरस्कृत भए । यस जिमको अनुशासित वर्ष २०७९ बाट पुनम धारा, निरन्तरताको उपस्थिति वर्ष २०७९ विकाश पाण्डे, बडि ईम्प्रोभ वर्ष २०७९ सुशान्त पोख्रेललाई सम्मान गरिएको थियो ।

एक कार्यक्रमका बीच खेलकुद पत्रकार तथा बुटवल टुडे अनलाईनका उपसम्पादक स्वस्तिक श्रेष्ठ, रुपन्देही जिल्ला पावर लिफ्टिङ संघका अध्यक्ष चन्द्रमान श्रेष्ठ, जिमका संचालक मन्जिता राजभण्डारी, सुशिलादेवि श्रेष्ठ, निर्मलादेवि श्रेष्ठ, बिष्णुमान श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए । यसैगरी रुपन्देही जिल्ला पावरलिफ्टिङ संघको आयोजनामा भएको प्रतियोगितामा उपाधि विजेता राष्ट्रिय खेलाडी मन्जिला राजभण्डारी, प्रथम मिस्टर उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता–२०७९ मा सहभागी भई ७० प्लस तौल समूहमा तेस्रो भएका सुरेश दर्नाल, ५५ प्लस तौल समूहमा पाँचौ स्थान हासिल गर्ने नवीन थापालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?