ट्रेंडिंग:

>> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन

ओमानविरुद्ध नेपालको शानदार जित

८ बैशाख २०८०, शुक्रबार
८ बैशाख २०८०, शुक्रबार

काठमाडौं ।

कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तरगत ओमानविरुद्धको म्याचमा शानदार जित दर्ता गरेको छ । टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

घाइते हुँदा अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए।अकिब ओमानका प्रमुख ब्याटर हुन्। उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन्।

तर चोटका कारण उनी सुरुवातदेखि नै ब्याटिङमा आएका थिएनन्। पछि क्रिजमा नआई उनी रिटायर्ट आउट भएपछि नेपाल विजयी भएको हो। उनी रिटायर्ड आउट हुनुअघि ओमान ९ विकेटको क्षतिमा २२६ रनको अवस्थामा पुगेको थियो।

२१ बल बाँकी रहेको अवस्थामा ओमानका अकिबले खेल्न नसक्ने बताएसँगै नेपालले जित निकालेको हो। ओमानलाई धराशायी बनाउने क्रममा नेपाली स्पिनर सन्दीप लामिछानेले कसिलो बलिङ गरे।

एकपछि अर्को विकेट गुमाएपछि ओमानको स्कोर खुम्चिँदै  गएको थियो। ओमानका लागि ओपनरहरु जतिन्दर सिंह र कश्याप प्रजापतिले ४.३ ओभरमा ३२ रनको साझेदारी गरेका थिए। तर ललित राजवंशीले जतिन्दर सिंहलाई बोल्ड गरे।

अर्कातिर सन्दीप लामिछानेले १३ औँ ओभरको तेस्रो बलमा आदिल शफिकलाई एलबीडब्लू धरापमा पारे। यससँगै ओडीआईमा सबैभन्दा छिटो सय विकेट लिने रेकर्ड पनि उनले लेखाए।

सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरे। यो रेकर्ड यसअघि अफगानिस्तानका राशिद खानले राखेका थिए। उनले ४४ खेलमा १ सय विकेट लिएका थिए।

त्यसैगरी उक्त ओभरको अन्तिम बलमा सन्दीपले ओमानका कप्तान जिशान मकसुदलाई शून्यै पबेलियन फर्काए। त्यसपछि १४ औँ ओभरको पहिलो बलमा ओपनर सन्दीपले कश्याप प्रजापतिलाई एलबीडब्लू धरापमा पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?