ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
सन्दर्भः मातातीर्थ औंसी

हजुरआमाहरुको मुख कसले हेर्ने ?

७ बैशाख २०८०, बिहीबार
७ बैशाख २०८०, बिहीबार

आज मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन, आमालाई स्मरण गर्ने दिन । आज सामाजिक संजालहरु रंगिएका छन्, आमालाई कोशेली किन्नको लागि पसल र मिठाई पसलमा केही चहलपहल पनि थपिएको छ । छोराछोरी र नाती नातिनीहरू भेट्न जाँदा आमाहरु केही खुशी देखिएका छन् । सामाजिक संजालमा आमाका तस्विरहरु छन्, आमाका गुणगान छन् । हरेक वर्ष आमाको मुख हेर्ने औंशी जति विस्तारित र चहलपहलपूर्ण बन्दैछ, उति नै पाका आमाहरुको एकांकीपन र दुःख बढिरहेको छ । सामाजिक सञ्जालबाट आमालाई सम्झने र माया देखाउने पुस्ताहरु बढिरहँदा पाका आमाहरु आफ्नै घरमा, समुदायमा एक्लिदै गएका छन् । यो क्रम आउँदा दिनहरुमा अझ बढ्ने लक्षण प्रष्ट देखिएका छन् ।

वृद्धावस्था मानव जीवनको महत्वपूर्ण कालखण्ड हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार ६५ वर्ष भन्दा माथिल्लो उमेरलाई वृद्धावस्था भनिन्छ । यस अनुसार अहिले विश्वको कूल जनसंख्याको करिब ९ प्रतिशत हिस्सा ६५ वर्ष माथिको जनसंख्याले ओगटेको छ । नेपालमा ६० वर्ष माथिको जनसंख्यालाई वृद्ध जनसंख्या मान्ने गरिएको छ.। दशौँ जनगणना २०५८ अनुसार नेपालको जनसंख्याको ६.५ प्रतिशत वृद्ध जनसंख्या रहेकोमा वि.सं. २०६८ मा ८.१३ र अहिले यो संख्या १०.२१ प्रतिशत पुगेको छ । विश्वको औसतको तुलनामा नेपालमा बृद्ध जनसंख्या धेरै कम देखिएपनि पछिल्ला वर्षहरुमा यो संख्या बढ्दै गएको छ । वि.सं २०१८ यताका सबै जनगणनाका तथ्यांकहरु केलाउँदा नेपालको वार्षिक जनसंख्या बृद्धिदर भन्दा वृद्ध जनसंख्याको बृद्धिदर सधै उच्च रहेको देखिन्छ । भौतिक सेवा सुविधामा भएको बृद्धि, स्वास्थ्य सेवा र सुविधाको उपलब्धतामा सुधार जस्ता कारणले गर्दा बाँच्ने सरदर आयुमा वृद्धि भै वृद्ध जनसंख्या समेत वृद्धि भैरहेको छ । अहिले वार्षिक रुपमा करिब ५५ हजार मानिसहरु वृद्धावस्थामा प्रवेश गर्ने गर्दछन् । घट्दो प्रजनन् दर र युवाहरुको बिदेश पलायन जस्ता प्रक्रियाले गर्दा नेपालको जनसंख्यामा वृद्धहरुको अनुपात निरन्तर बढिरहेको छ ।

एकातर्फ नेपालमा बृद्ध जनसंख्या बढिरहेको छ भने अर्कोतर्फ बृद्धहरु धेरै किसिमका समस्यामा परिरहेका छन् । शाब्दिक रूपमा बृद्धहरुलाई बूढाबूढी भन्न छोडेर जेष्ठ नागरिक भन्न थालिएको छ तर यो शाब्दिक सुधार बाहेक उनीहरुको अवस्थामा सुधार आउन सकेको छैन । बृद्धहरुको सेवा गरेमा पुण्य प्राप्त हुन्छ र बृद्ध बा आमाको सेवा गर्नु छोरानातीको मुख्य कर्तव्य हो भन्ने सामाजिक मान्यता क्रमशः मक्किदै गएको छ । बा आमाले आफ्नो सम्पूर्ण सामथ्र्य खर्चेर छोराछोरीलाई हुर्काउने, बढाउने र अवसरको लागि शहर र विदेश पठाउने कामलाई प्राथमिकता दिएसंगै वृद्धहरू एक्लिदै गएका छन् । छोराछोरीहरु शहर र बिदेशमा बस्ने अनि वृद्धहरू एक्लै गाउँमा बस्ने गरेका दृश्यहरु अचेल सामान्य लाग्न थालेका छन् । केही बृद्ध आमाबाबुहरुले परिवारको सामिप्यता र सुखदुःखमा साथ नपाए पनि छोराछोरीबाट आर्थिक सहयोग पाउने गरेकोले एकांकी नै भएपनि सामान्य जीवन ज्यून पाएका छन् तर धेरै वृद्ध आमाबाबुहरुले छोराछोरीहरुबाट माया, सामिप्यता र सहयोग पाउने त कुरै छोडौ, परिवारका सदस्यहरूबाटै तिरस्कृत भएकोले कष्टपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

पछिल्लो समयमा नेपालका जेष्ठ नागरिक अर्थात हजुरआमा हजुरबा पुस्ता एक्लिदै गएको छ, त्यसको सबैभन्दा नराम्रो असर जेष्ठ महिलाहरुमा देखिएको छ । नेपालको कूल महिला जनसंख्याको ११.२९ प्रतिशत जनसंख्या ६० वर्ष माथिका महिलाहरुको छ । शहरी क्षेत्रमा एकल परिवारको अवधारणाले गर्दा हजुरआमा पुस्ताको जनसंख्या ओरालो लागिरहेको छ भने ग्रामीण र पहाडी क्षेत्रमा पाका पुस्ताका महिलाको अनुपात बढिरहेको छ । लुम्बिनी प्रदेशमा ६० वर्ष माथिका महिलाको जनसंख्या ९.४४ प्रतिशत भएपनि पहाडी जिल्लामा यस्ता महिलाको जनसंख्या राष्ट्रिय औसत भन्दा माथि देखिन्छ । २०७८ को जनगणना अनुसार ६० वर्ष माथिका महिलाको जनसंख्या गुल्मीमा १४.३३ प्रतिशत, अर्घाखाँचीमा १३.२३ प्रतिशत र पाल्पामा १२.६९ प्रतिशत, रुकुममा १०.२४ प्रतिशत रहेको छ । ५० वर्षको उमेरलाई हजुरआमा बन्ने उमेर मान्ने हो भने गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानमा यो उमेर समूहका महिलाहरुको जनसंख्या २३ प्रतिशत भन्दा बढी देखिन्छ । बसाईसराईको उच्च चाप भएको तराईका जिल्लामा ६० वर्ष माथिका महिलाको जनसंख्या ८.५ प्रतिशत भन्दा कम रहेको देखिन्छ ।

जिल्लाको जनसंख्यामा हजुरआमा उमेरका महिलाको जनसंख्या बढ्दै जानु जनसांख्यिक असन्तुलनको लक्षण मात्र नभएर महिलाहरुमा कार्यभार थपिदै गएको सूचक पनि हो । सक्षम सन्तानहरु शहर र तराईतिर गएपछि परिवारको जिम्मेवारी, पशुपालन, खेतीपाती जस्ता जिम्मेवारी महिलामा परेको छ र वयस्क जनशक्ति कम भएपछि पाका महिलाहरुले नै ती कामहरु गर्नु परेको छ । २०७८ को जनगणना अनुसार गुल्मी, पाल्पा र अर्घाखाँचीका कूल महिला मध्ये एकल ( विधवा, सम्बन्ध विच्छेद वा छुट्टिएर बसेका) महिलाको संख्या १० प्रतिशत भन्दा माथि छ । यस्ता महिलाले घरायसी काममा पुरुष सदस्यको कमै सहयोग पाउने गर्छन् । यसले गर्दा पनि महिलाहरु वृद्धावस्थामा समेत निरन्तर काममा जोतिन परिरहेको छ । लुम्बिनी प्रदेशका हजुरआमा पुस्ताका महिलाहरुले आफ्नो वयस्क अवस्थामा धेरै असुरक्षित र गह्रौ काम गरेको, धेरै बच्चा जन्माएको कारणले प्रजनन र अन्य स्वास्थ्य समस्याहरु रहेको विभिन्न स्वास्थ्य शिविरमा आएका रोगी महिलाको संख्याले पनि पुष्टि गर्छ । यस्ता महिलाहरुलाई उपचार गराउन लैजाने सदस्य समेत परिवारमा पाउन मुस्किल हुन थालेको छ. यसले गर्दा रोगी शरीर लिएरै पाका आमाहरुले घरधन्दा, मेलापात गर्नु परिरहेको छ । यी सवालहरु महिला आन्दोलनमा चर्चाको विषय बन्दैनन् र आमाको मुख हेरेर सामाजिक संजालमा रमाउनेहरुले सम्झिदैनन् ।

युवापुस्तामा विदेश मोह बढेपछि हजुरआमाहरुमा कार्यभार र एक्लोपन बढ्दै गएको छ । छोरा बुहारीहरू बिदेश जाने र स्वदेशमै हुँदा पनि घर बाहिर जागिर÷व्यवसायमा बढी समय बिताउने भएकोले शहरी क्षेत्रमा नातिनातिना हुर्काउने र घरको काम गर्ने जिम्मेवारी समेत पाका महिलामा परेको छ । प्रविधिमा अभ्यस्त हुँदै गएका नातिनातितिलाई हुर्काउनु र आधुनिक समाजमा आफुलाई समायोजन गर्दै लैजानु पाका महिलाहरुको लागि चुनौतिपूर्ण काम बनेको छ । छोरा बुहारी शहर पसेपछि आमाबालाई शहरमा एडजस्ट गर्न सक्नुहुन्न भन्दै गाउकै घर कुर्न लगाउछन. बिदेशमा गएका र शहरमा बसेकाहरुले सन्तान जन्माएपछि बा वा आमा मध्ये एकाजनालाई आफुसंग बोलाउने र अर्कोलाई गाउँघरमै छोड्ने प्रवृति छ । यसले गर्दा पाका दम्पत्तीहरु समेत छुट्टिएर बस्नुपर्ने बाध्यता छ । वयस्क हुँदा लोग्ने घर बाहिर कमाउन भन्दै जाने र घरको सारा जिम्मेवारी आफैले उठाएका महिलाहरुका सन्तानहरु कमाउन र सुखको खोजीमा शहरतिर जाँदा गाउँमा हजुरआमाहरु एक्लिदै गएका छन् । केटाकेटीलाई गाउँ घुमाउनको लागि दशैँ र ठुला चाडको बहानामा गाउँ पुग्ने र पाका पुस्तासँग रमाउनेहरुले अरु बेलामा गाउँघरमा के कस्तो छ ? समस्या के के छन् ? भन्ने कुरा भुलिदिन्छन् । शहरमा हुर्किएका बालबालिकाले हजुरआमाको स्नेह पाउनु र गाउँका हजुरआमाले नातिनातिनाको अनुहार देख्न पाउनको लागि त कि चाडपर्व कि त कोरोना जस्तो महामारी नै आउनुपर्छ ।

‘मातृदेवो भवः’ भन्ने संस्कार भुल्दै गएपछि पाका पुस्ताले सरकार र कानून गुहार्नुपर्ने अवस्था देखिएको छ । नेपालको संविधान २०७२ ले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाको लागि विशेष व्यवस्था गर्ने नीति अंगिकार गरेको छ । संविधानको धारा १६ मा उल्लेखित सम्मानपूर्वक बाँच्न पाउने हक र धारा ४३ को सामाजिक सुरक्षाको हक जेष्ठ नागरिकको हकमा बढी आकर्षित छ । संविधानमा जेष्ठ नागरिकको लागि छुट्टै धाराको समेत व्यवस्था छ । धारा ४१ ले जेष्ठ नागरिकले राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुरा उल्लेख हुनाले राज्यलाई जेष्ठ नागरिकप्रति जिम्मेवार बनाउन खोजेको देखिन्छ । जेष्ठ नागरिकलाई सम्मान र हेरचाह गर्नुपर्छ भन्ने मूल्य मान्यतामा ह्रास आएकोले यस्तो प्रवृत्तिलाई रोक्नको लागि जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा . ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने (दफा ३), ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालनपोषण तथा हेरचाह गर्न (दफा ४), कसैले ज्येष्ठ नागरिकको इच्छाविपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउनु नहुने (दफा ४ उपदफा ३) जस्ता प्रावधानहरु राखिएको छ । त्यस्तै मलुकी देवानी २०७४ को दफा १२२ ले प्रत्येक छोरा छोरीले आमा बाबुलाई एकासगोलमा बसेको वा कानून बमोजिम भिन्न भइसकेको जेसुकै भएतापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नुपर्ने व्यवस्था गरेको छ । जेष्ठ महिलाले परिवारका सदस्यहरुको बारेमा कमै गुनासो गर्ने र अरुले पनि पारिवारिक मामिला भनेर वास्ता नगर्ने गर्दा हेरचाह नगर्ने परिवारलाई बाध्य बनाउन सकेको देखिदैन । छोराछोरीले आफ्नो आम्दानीको निश्चित हिस्सा बा आमाको खातामा राखिदिनुपर्ने व्यवस्था पनि पालना नहुदा कतिपय सम्पन्न परिवारका हजुरआमाहरु पनि खान लागौं नपाएर सडकमा भौतारिएको देखिन्छ । स्थानीय सरकार संचालन ऐन र जेष्ठ नागरिक सम्बन्धि ऐन अनुसार स्थानीय निकायहरु जेष्ठ नागरिकहरु प्रति बढी जिम्मेवार हुनुपर्नेमा ती निकायहरुले वृद्ध भत्ता वितरण गर्ने बाहेक अरु कुनै कल्याणकारी काम गरेको पाइन्न । परिवारवाट परित्यक्त र अपहेलित जेष्ठ नागरिकहरुलाई सम्मानजनक ढंगले परिवारमा पुनस्र्थापित गर्ने र वेसाहारा जेष्ठ नागरिकहरुलाई आश्रय दिने र हेरचाह गर्ने सरकारहरुबाट हुन सकेको छैन ।

हामी सामाजिक संजालमा आमाको फोटो राख्दै ‘हेप्पी मदर्स ड’े मा रमाईरहेका छौं । तर हामीलाई योग्य बनाउने हजुरआमाहरु हाम्रो शुभकामना थापेका ‘हेप्पी मदर’ र ‘फादरबाट’ उपेक्षित हुदै गएका छन् । “आफु कहिल्यै बुढो हुनुपर्दैन” भन्ने सोचले ग्रस्त मानसिकता बोकेर पाका पुस्तालाई हेला गर्दै पाका पुस्ताबाट प्राप्त गर्न सकिने स्याहार, आहार, ज्ञान र सीपबाट वन्चित भैरहेका छौ । पाकापुस्ता समाज निर्माता, पारिवारिक योजक, मार्गदर्शक र संरक्षक हुन् । हाम्रा आमा÷ मम्मीहरुलाई हेप्पी बनाउनको लागि उहाँहरुले गरेको दुःखको स्मरण गर्न सकिएन भने आमाको मुख हेर्नुको लोकाचार गर्नुको अर्थ छैन । दुःख विसाउने चौपारी, अलमलमा बाटो देखाउने ध्रुवतारा, बिरामी हँुदा जडिबुटी खोज्न हिड्ने बैद्य अनि आफु भोकै बसेर पनि शहरमा रहेका नातिनातिनाले खान पाएनन् भनेर चिन्ता गर्ने देवीलाई सम्मान नगरी, स्मरण नगरी परिवार हेप्पी हुन् कदापि सक्दैन ।

सबै हजुरआमाहरुलाई सम्मान गरौ, स्मरण गरौ, खुशी राख्ने प्रयास गरौ ।

तिलोत्तमा –८, रुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?