ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मदनभण्डारी स्पोर्टस् एकेडेमीले देशव्यापी राष्ट्रिय खेल प्रतियोगिता गर्दै

४ बैशाख २०८०, सोमबार
४ बैशाख २०८०, सोमबार

काठमाडौं —

सबैका लागि खेलकुद भन्ने मूल नारासहित मदन भण्डारी स्पोट्स एकेडेमीले विभिन्न खेलविधाका राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यस्तै,फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तान लगायतमा प्रदेशस्तरीय प्रतियोगिता गर्दैछ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रियस‘गै प्रदेशस्तरीय वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । एकेडेमीका अध्यक्ष धु्रव आचार्यका अनुसार आउदो जेठ २३ देखि ३० गतेसम्म पोखरामा केपी ओली कप रनिङ शिल्ड राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने छ ।

प्रतियोगितामा च्याम्पियनले १० लाख, उपविजेताले ५ लाख एवं बेष्ट बलर र ब्याट्स म्यानले २५÷२५ हजार रुपैया नगद पुरस्कार पाउनेछन् । यही बैशाख ५ देखि ६ गतेसम्म काडमाडौंको लैनचौरमा राष्ट्रिय जुनियर लेवल टेबल टेनिस प्रतियोगिता आयोजना हुनेछ । १५ र १९ वर्षमूनिको छात्रछात्रा टेबल टेनिस प्रतियोगितामा प्रथमले १५, द्धितीयले १० र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बैशाख २५ र २६ मा भत्तपुरमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रथमले १ लाख , द्धितीयले ५० हजार र तृतीयले २५ हजार रुपैया नगद पुरस्कार पाउनेछन् ।

भेन्ट्रासतर्फ प्रथमलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैया नगद पुरस्कार दिइनेछ । जेठ ३१ मा सुर्खेतमा राष्ट्रिय रेसलिङ प्रतियोगिता आयोजना हुदैछ । प्रतियोगितामा हेभीवेट च्याम्पियनलाई १ लाख ५ हजार, हार्ड कोर च्याम्पियनलाई ७५ हजार, मिडल वेट च्याम्पियनलाई ६० हजार, ट्याग टिम च्याम्पियनलाई ५० हजार र लाइट वेट च्याम्पियनलाई ४० हजार रुपैया नगद प्रदान गरिनेछ । यस्तै, बुटवलमा जेठ २देखि ४ गतेसम्म राष्ट्रिय चेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथमलाई २० हजार नगदसहित १० औं स्थानसम्मलाई पुरस्कार पाउनेछन् । एकेडेमीले जेठ ४ देखि १० गतेसम्म काठमाडौंको त्रिपुरेश्वरमा राष्ट्रिय खुला बास्केटबल पुरुष र महिला रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दैछ । जसमा विजेताले १ लाख ५० हजार रुपैयॉ र उपविजेताले १ लाख रुपैयाँनगद पुरस्कार पाउनेछन् ।

मदनभण्डारी स्पोट्र्स एकेडेमीले सातै प्रदेशमा प्रदेशस्तरीय खेल प्रतियोगिताहरु आयोजना गर्दैछ । जसअन्तरगत बैशाख २७ देखि जेठ १५ गतेसम्म सातवटै प्रदेश मुकाममा मदनभण्डारी अन्तरमावि रनिङशिल्ड फुटबल प्रतियोगिता गर्नेछ । जसमा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँनगद पुरस्कार पाउनेछन् । यस्तै, आउदो असार १ देखि १५ गतेसम्म ७ वटै प्रदेशमा प्रदेशस्तरीय मदनभण्डारी अन्तरमावि प्रदेश रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बैशाख २८ देखि असार १० गतेसम्म ७ वटै प्रदेश मुकाममा मदनभण्डारी अन्तरमावि रनिङशिल्ड भलिबल प्रतियोगिता गर्नेछ ।

प्रतियोगितामा प्रथमले ५० हजार द्धितीयले २५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै, बैशाख २५ र २६ मा काठमाडौंमा बाग्मती प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रथमले ३० हजार, द्धितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । एकेडेमीले मधेश प्रदेशस्तरीय डोरीतान प्रतियोगिता सप्तरीमा गर्दैछ । असार २२ मा हुने प्रतियोगितामा प्रथमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । बुटवलमा असार ३ देखि ५ गतेसम्म विद्यालयस्तरीय आत्मरक्षा तालिम दिनेछ । खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापकलाई जेठ ३ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछ ।

एकेडेमीले अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा बैशाख २३ गते बुद्धजन्मस्थल लुम्बिनीमा पिस ओपन हाफ म्याराथन प्रतियोगिता गरेर वार्षिक खेलको सुरुवात गरेको थियो । एकेडेमीका खेल प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, स्थानीय तह र विभिन्न संघसस्थाहरुले समन्वय गर्ने अध्यक्ष आचार्यले बताए । सबैका लागि खेलकुद भन्ने मुख्य उद्देश्यका साथ २०६६ पुस २७ मा स्थापना भएको एकेडेमीले विभिन्न खेलविधाका विभाग गठन गरेर बालबालिका, युवादेखि भेन्ट्राससमूहसम्मका खेलाडीलाई प्रशिक्षण दिने, प्रतियोगिता र गतिविधि आयोजना गर्ने गरेको छ । हरेक जिल्लामा जिल्ला कमिटी बनाएको एकेडेमीले स्थानीय तहमा समेत संगठन बिस्तार गरीरहेको उपमहासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?