ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 
होटल ब्यवसायीलाई सिद्धार्थको सम्मान

ब्यावसायिक एकता र सहकार्य आजको आवश्यकता

२ बैशाख २०८०, शनिबार
२ बैशाख २०८०, शनिबार

बुटवल, २ बैशाख ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिले होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका नयाँ पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । शनिबार एक कार्यक्रमका बीच संघको २२ औ साधारण सभा तथा ११ औ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरु अध्यक्ष लेखनाथ भण्डारी, बरिष्ठ उपाध्यक्ष माधव खनाल पर्यटन उपा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष टेक प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, महासचिव अर्जुन थापा, कोषाध्यक्ष राम बहादुर न्यौपाने, सचिव थमन बहादुर भण्डारी, सहसचिव अर्जुन पोखरेल, सहकोषाध्यक्ष माधव ढकाल, सदस्य एक बहादुर गाहामगर, केशव राज पाण्डे, एकादेव पाण्डे, कमला पाण्डे, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद पौडेल, बाबुराम अर्याल, सुन्दर कुमार श्रेष्ठ, मुरारी पाण्डे, सीता ढकाललाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिका क्षेत्रिय प्रबन्धक महेन्द्र न्यौपाने, सिद्धार्थ कटेज रेष्टुरेन्टका शाखा प्रमुख केशवराज बश्यालले टिकामाला लगाएर बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

कार्यक्रममा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रिय प्रबन्धक महेन्द्र न्यौपानेले कैलालीको टिकापुरबाट शुरु गरेर निरन्तरता र कठिन मेहनतको प्रतिफल सेवा उद्योगलाई अहिलेको अवस्थामा ल्याउन सफल भएको बताए । ब्यावसायिक हकहित र संस्थागत विकास गर्ने उद्देश्य बोकेको संस्थामा दलीय राजनीति हाबी हुँदा ब्यवसायीहरु समस्यामा परेको दुःखेसो गरे । हाम्रो संस्कृति र संस्कार जुन विश्वमा नै उत्कृष्ट मानिन्छ त्यो सेवा उद्योगमार्फत प्रवद्र्धन गर्ने गरी नीतिगत योजनामा जोड दिनुपर्ने सुझाव दिए । होटल तथा रेष्टुरेन्ट ब्यवसायको सेवालाई ब्यवस्थित गर्दै गुणस्तर बढाउने तर्फ ध्यान दिने गरी प्रविधिको प्रयोगलाई समेत ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले वर्तमान समयमा होटल तथा रेष्टुरेन्ट ब्यवसायमा धेरै चुनौतीहरु आईपरेको बताए । कोभिड १९ को संक्रमण, आर्थिक कठिनाई, प्रदेश राजधानी सर्ने जस्ता कारणहरु अहिले यस क्षेत्रका ब्यवसायीहरु समस्यामा परेको उनले दाबी गरे । यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्घनमा सरकारलाई सहयोग गर्दै आएको सेवा उद्योगप्रति सरकारको स्पष्ट नीति आउनुपर्ने उनले बताए ।

कार्यक्रममा सिद्धार्थ कटेज रेष्टुरेन्टका शाखा प्रमुख केशवराज बश्यालले ब्यवसायीहरुको हकहितलाई ध्यानमा राखेर सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिए । ‘ब्यवसायीहरुको अभिभावक संस्थाबाट यसको आवश्यक पहल हुनेमा आशावादी छौ’–उनले भने । लुम्बिनी प्रदेश पर्यटनसंग जोडेर आर्थिक विकासमा लैजानुपर्ने भन्दै सकारात्मक प्रतिष्पर्धाका साथ ब्यवसायीबीच सहकार्य अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा कटेजका सेल्स एण्ड मार्केटिङ अफिसर सन्जु ज्ञवालीले सेवा उद्योगमा दक्ष जनशक्ति, गुणस्तरीय सेवालाई जोड दिएर अघि बढ्नुपर्ने बताईन् । सिद्धार्थ कटेजको देशका ३० स्थानमा शाखा रहेको छ भने १ हजार ६ सय बढी कर्मचारीहरु रोजगार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?