ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

पर्यटन राज्यमन्त्रीसँग व्यवसायीको माग : गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन होस्

२७ चैत्र २०७९, सोमबार
२७ चैत्र २०७९, सोमबार

भैरहवा, २७ चैत ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले सोमबार पर्यटन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीलाई ज्ञापनपत्र बुझाएको छ । संगठनले मन्त्री श्रीपालीलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न ७ बुँदे माग राखेको हो ।

भारतसँग स्वीकृति लिनुपर्ने अवस्थामा माथिल्लो निकायबाट तत्काल पहल गर्नुपर्ने, भारतले सीमा नजिकैको नेपालको विमानस्थलका लागि आफ्नो आकाश प्रयोग गरी आईएलएस सञ्चालनमा सजिलै स्वीकृति लिन तत्काल नेपालको उच्च निकायबाट पहल गर्नुपर्ने, निर्माण सम्पन्न भएको महिनौ बित्दा पनि रुट फाईन्डआउट गरी भारतसँग अनुमति लिनुपर्ने र भारतीय दुतावासबाट लिनुपर्ने नो अब्जेक्सन सर्टिफिकेट तत्काल प्राप्त गर्न पहल गर्नुपर्ने संगठनले माग गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने भिषा, स्वास्थ्य परीक्षण, बीमा स्वीकृति, कोभिड–१९ विरुद्धको खोप, मेनपावर कम्पनीका शाखासमेतको व्यवस्था विमानस्थलमा हुनुपर्ने, नेपालका एअरलायन्सहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नको लागि नेपाल सरकारले तत्काल निर्देशन दिनुपर्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण रुपमा सञ्चालनका लागि पहल गर्नुपर्ने संगठनको माग छ ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले हप्तामा तीन दिन मात्र उडान गर्न विमानस्थल निर्माण भएको भन्ने उद्योगी व्यवसायीको प्रश्न तथा गुनासो रहेको बताए । उनले विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि दबाब दिने उद्देश्यले अन्तत्र्रिmया कार्यक्रम, विमानस्थल गेट अगाडी धर्ना तथा विरोध कार्यक्रम गरिसकिएको र मागहरु पूरा नभए तेस्रो चरणको आन्दोलन गर्न बाध्य हुने बताए ।

‘झण्डै ४३ अर्ब लागतमा निर्माण गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १ वर्ष पुग्नै लाग्दा पनि गति लिन सकेको छैन । ज्ञवालीले भने, ‘निजी क्षेत्रको अरबौंको लगानीमा यस क्षेत्रमा होटल, क्यासिनो लगायतका पूर्वाधार दिनानुदिन बढ्दै गएका छन् । सरकारका साथै निजी क्षेत्रको ठूलो लगानी धरासायी हुने अवस्थामा पुगेको छ ।’ बैंकलगायत वित्तीय संस्थाले यस क्षेत्रमा लगानी बन्द गरेको अवस्थामा अब कसरी निजी क्षेत्र उकास्न सकिन्छ ? उनले प्रश्न गरे ।

ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री श्रीपालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन हुनुपर्ने निजी क्षेत्रले चिन्ता र चासो व्यक्त गर्नु स्वभाविक भएको बताइन् । उनले यसबारे मन्त्रीपरिषद् बैठकमा कुरा राख्ने र मन्त्रालयबाट आवश्यक पहल गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?