© २०२३
बुटवल (बुटवलटुडे) चैत
अपांगता भएका व्याक्तीका अभिभावकहरूका लागि कानून सचेतना सम्बन्धि २ दिने तालिम प्रदान गरिएको छ । तिलोत्तमा नगरपालिकाको सहयोगमा स्वतन्त्र विकास समाजले तालिम आयोजना गरेको हो । १०–१७ वडाका अपाङ्गता भएका व्याक्तिका अभिभावकहरूको सहभागीता रहेको पहिलो चरणको तालिममा बोल्दै तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वर देवी चौधरीले अपाङ्गता भएका व्याक्तिहरूको हक अधिकार लागि अभिभावका विचमा सचेतना आवश्यक रहेको बताईन ।उनले घर परिवारबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि सम्मानजनक व्यवाहार आवश्यक रहेको भन्दै सोही अनुसार तालिम आयोजना गरिएकोमा स्वतन्त्र विकास समाजलाई धन्यवाद समेत दिईन ।
तालिममा सहजीकरण गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अनुशासन आयोग संयोजक देवी बहादुर पोखरेलले अपाङ्गताका परिभाषा, बर्गीकरण, अपाङ्गता ऐन, ऐनले प्रदान गरेका विभिन्न प्रवधानको विषयमा प्रकाश पारेका थिए । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले अपाङ्गताको क्षेत्रमा स्थानीय तहमा हुने अपाङ्गता संमन्वय समितिको गठन, अधिकार, कार्यक्रम बारेमा समेत सहजीकरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य तथा अपाङ्गता अभियान्ता सावित्रा घिमिरेले सहजीकरण गर्दै अपाङ्गताका विविध विषयमा प्रकाश पारेकी थिईन ।
दुई दिन सम्म चलेको तालिममा तिलोत्तमा नगरपालिका सामाजिक विकास शाखा सम्झना भण्डारी, शुस्तमःस्थिती बाल विद्या मन्दीरका प्रधानाध्यापक मिना भुषालपाठक लगायतले सहजीकरण गरेका थिए । अघिल्लो चरणमा १ देखि १० वडाका अपा अपाङ्गता भएका व्याक्तिका अभिभावकरुको तालिम भएको थियो ।साथै तालिम समापन कार्यक्रममा अपाङ्गता भएका अभिभावकहरुको संमन्वय समिति गठन गर्ने निर्णय समेत गरिएको छ । जसबाट अपाङ्गता भएका व्याक्तिहरुको हक अधिकार स्थापनाको लागि सहज हुने निस्कर्ष निकाल्दै समिति गठन गर्ने निर्णय गरिएको हो ।