ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
प्रथम आरके तेक्वान्दो अन्तर विद्यालय प्रतियोगिता सम्पन्न

सिद्धार्थ बोर्डिङ च्याम्पियन

२६ चैत्र २०७९, आईतवार
२६ चैत्र २०७९, आईतवार

बुटवल, २६ चैत ।

प्रथम आर.के.तेक्वान्दो अन्तर विद्यालय प्रतियोगिताको उपाधि सिद्धार्थ बोर्डिङ स्कुलले जितेको छ । आरकेएफ तेक्वान्दो एकेडेमी र सिद्धार्थ बोर्डिङ स्कुलको आयोजनामा शनिबार भएको प्रतियोगितामा ८ स्वर्ण, ५ रजत, ४ कास्य जित्दै सिद्धार्थ बोर्डिङ स्कुल च्याम्पियन भएको हो ।

सिद्धार्थ बोर्डिङ स्कुल परिसरमा भएको प्रतियोगितामा ७ स्वर्ण, ४ रजत, ३ कास्य जित्दै सिद्धेश्वर मावि द्वितीय तथा ५ स्वर्ण, ३ रजत २ कास्यसहित लुम्बिनी स्कुल र पामिर स्कुल तेस्रो भएको छ । ग्रासरुट खेल विकास र युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आरके तेक्वान्दो एकेडेमीका अध्यक्ष राजकुमार पाण्डेले बताए । मार्शल आर्ट खेल कुनै बेला रुपन्देहीको पहिचान बन्न सफल रहेको भन्दै उनले यसलाई कायम राख्न जुनियर लेभलका प्रशिक्षण र नियमित प्रतियोगिताहरु आयोजना हुनुपर्ने बताए ।

एक समारोहका बीच सिद्धार्थ बोर्डिङ स्कुलका प्राचार्य यम बहादुर राना, नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका सदस्य राजिव सिह क्षेत्री, पामिर स्कुलका शिक्षक नवीन शाक्य तथा अभिभावकहरुले बिजेता उपविजेता खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा सिद्धार्थ बोर्डिङ स्कुलका प्राचार्य यम बहादुर रानाले विद्यालयमा शैक्षिकसंगै खेलकुद गतिविधिमा जोड दिदा विद्यार्थीहरुमा सिकाई प्रभावकारी भएको बताए । खेल विकासमा नीजि विद्यालयहरुबाट धेरै योगदान गरेको दाबी गर्दै उनले पूर्वाधारका विकासमा सरकारको ध्यान जानुपर्ने सुझाव दिए ।

प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुल, अक्सफोर्ड स्कुल, लुम्बिनी बोर्डिङ स्कुल, पामिर स्कुल, त्रिभुवन स्कुल, स्कलर्स हो बोर्डिङ स्कुलका १ सय ५० खेलाडीहरुले विभिन्न तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?