© २०२३
बुटवल, २५ चैत ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ ।
व्यवसायीहरुले अलगअलग दुईवटा प्यानल बनाएर निर्वाचनमा प्रतिष्पर्धा गरेका छन् । एमाले निकट होटल व्यवसायीहरुले बाबुराम गौतमको नेतृत्वमा एकल प्यानल खडा गरेर चुनावी मैदानमा छन् भने काँग्रेस लगायत गठबन्धन दल निकट व्यवसायीहरु लेखनाथ भण्डारीको नेतृत्वमा छुट्टै प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा छन् ।
शनिबार बिहान ९ बजे सुरु भएको मतदान ४ बजे सकिएको छ । कुल १२ सय ३ मतदाता रहेकोमा १ हजार ७० मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचनको मत परिणाम आज रातिसम्म आइसक्ने बताइएको छ । संघमा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिन लागेको हो ।
संघको कोषाध्यक्ष बाहेकका अन्य पदमा मतदान भएको हो । कोषाध्यक्ष पदमा राम बहादुर न्यौपाने निर्विरोध चयन भएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी