ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
वेष्ट्रनद्वारा खेलाडी र प्रशिक्षक सम्मान

रुपन्देही क्रिकेटको उर्वरभूमी

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक वसन्त शाही, यु १९ विश्वकपमा छनौट भएका टिम क्याप्टेन देव खनाल, अनिल खरेल, अभिषेक गौतम, नेपाली राष्ट्रिय महिला टिमका बिवासना बिसिलाई नगद १० हजार रुपैयासहित सम्मानपत्रबाट सम्मान गरिएको हो ।
२५ चैत्र २०७९, शनिबार
२५ चैत्र २०७९, शनिबार

बुटवल, २५ चैत ।

वेष्ट्रन क्रिकेट क्लबले शनिबार खेलाडी, प्रशिक्षक सम्मान तथा वनभोज कार्यक्रम २०७९ सम्पन्न गरिएको छ । शंकरनगर वन बाटिका तथा अनुसन्धान केन्द्रमा आयोजना गरिएको कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले क्रिकेट विकासमा रुपन्देही उर्वरभूमी भएको भन्दै राष्ट्रिय योगदान दिन सफल भएको बताए । क्रिकेटमा आवद्ध भएका खेलाडी, नेतृत्वमा रहेकालाई राम्रो ज्ञान भएको भन्दै स्थानीय सरकार खेल विकासमा बजेट बिनियोजन गर्दै आएको बताए । क्रिकेटबाट पहिचान बनाउन सफल भएको नेपालको गरिमा अझ अघि बढाउन सबै क्षेत्रबाट लाग्नुपर्ने उनले बताए ।

खेल विकासको विषयमा जनप्रतिनिधिहरुलाई बुझाउन जरुरी रहने भन्दै निरन्तर झकझकाउन सकेमात्र बजेट छुट्टिने उनले बताए । बुटवलमा पूर्वाधार विकासमा निरन्तर छुट्टिएको बजेटलाई सदुपयोग गर्न सुझाव दिए । देशकै विकास बजेटमध्ये केवल ३२ प्रतिशत खर्च भएको भन्दै उनले प्रक्रिया मिलाउन नजान्दा बजेट खर्च नसकिएको उनले बताए ।

कार्यक्रममा नेपाल क्रिकेट संघका (क्यान) का केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघ (क्यान) का अध्यक्ष हरि थापा, सचिव संजय गुरुङ, उपाध्यक्ष धिरज अधिकारी, कोषाध्यक्ष निरजप्रताप खाँण, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठ, पुर्व क्रिकेट खेलाडी जलेश प्रधान, बिएमडब्लु एजुकेसन कन्सल्टेन्सीका विकास आचार्य, महासचिव सम्राट न्यौपानेले बुटवलबाट राष्ट्रिय टिममा योगदान दिने प्रशिक्षक, खेलाडीहरुलाई सम्मान गरेका छन् ।

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक वसन्त शाही, यु १९ विश्वकपमा छनौट भएका टिम क्याप्टेन देव खनाल, अनिल खरेल, अभिषेक गौतम, नेपाली राष्ट्रिय महिला टिमका बिवासना बिसिलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरिएको हो । यसैगरी कार्यक्रममा भ्वाईस अफ नेपालमा उत्कृष्ट छनौट भएकी सौम्या पाण्डेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल क्रिकेट संघका (क्यान) का केन्द्रीय सदस्य प्रशान्तबिक्रम मल्लले खेलाडीहरुलाई सम्मानबाट थप प्रोत्साहन मिल्ने बताए । देशमा भएका ४५ शाखामध्ये रुपन्देही जिल्लालाई उत्कृष्ट शाखा बनाउन यहाँ क्लबहरुको योगदान रहेको उनले बताए । पुर्वाधार विकास र खेलाडी उत्पादनमा रुपन्देहीका क्लबहरु निरन्तर लागेको उनको दाबी छ ।

रुपन्देही क्रिकेट संघ (क्यान) का अध्यक्ष हरि थापाले क्लबहरुबाट गरिने योगदानबाट नै संघ बलियो बन्न सक्ने बताए । निजी क्षेत्रको लगानीबाट क्रिकेट खेलको विकास गर्न सफल भएको उनले बताए । जिल्लाबाट आयोजना गरिने विभिन्न प्रतियोगितासंगै एकदिवसीय ५० ओभरको खेलमा समेत च्याम्पियन बन्न सफल भएको उनले बताए ।

एकेडेमीका अध्यक्ष भुवन पाण्डेले वर्षभरि गरिएका उपलब्धीहरुबारे प्रकाश पार्दै जुनियरदेखि राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सफल भएको दाबी गरे । ९ वर्ष अघि स्थापना भएको एकेडेमी ग्रासरुट खेलमा विशेष जोड दिएको उनले बताए । आधा दर्जन बढी खेलाडीहरु राष्ट्रियस्तरको प्रतियोगिता खेल्न सफल भएको उनले दाबी गरे । जिल्ला सुपर लिग प्रतियोगिता दुई पटक जित्न सफल भएका साथै धेरै प्रतियोगितामा समेत एकेडेमीका खेलाडीहरु उत्कृष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?