ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली
स्थानीय सरकार

पाल्पामा रैनादेवी छहरा उत्कृष्ट

२५ चैत्र २०७९, शनिबार
२५ चैत्र २०७९, शनिबार

पाल्पा- पाल्पाको स्थानीयतह कार्यसम्पादन सूचकमा रैनादेवीछहरा गाउँपालिका जिल्लामा उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्रकृती तथा वित्त आगोगले विभिन्न १७ वटा सूचकमा गरेको कार्यसम्पादनमा पाल्पाका दश वटा गाउँपालिका मध्ये रैनादेवीछहरा गाउँपालिका सबैभन्दा उत्कृष्ट पालिका भएको हो ।
आगोगले विभिन्न १७ वटा सूचकहरुमा गरेको मुल्याङकनमा चालु आर्थिक बर्षको बजेट निर्धारित समयमै गाउँ तथा नगरसभामा पेश गरी अषार मसान्तभित्र पारित गरेको, स्थानीय सरकारले लिने घर जग्गा, विज्ञापन तथा मनोरञ्जन करको ४० प्रतिशत प्रदेश सरकारमा दाखिला गरेको, आगामी बर्षको लागी आय व्ययको विवरण संघिय अर्थमन्त्रालयमा पेश गरिसकेको, बजेट कार्यान्वयको विषयमा पारित गरी कार्तिक मसान्त भित्र सार्वजनिक गरेको, अनुमानित राजश्व संकलन अनुसारको राजश्व संकलनको अवस्था, बेरुजुको अवस्था जस्ता सूचकहरु रहेका छन ।

यसैगरी वित्त आयोगले तोकेका अन्य सूचकहरुमा आवधिक योजना तर्जुमा, कक्षा १ देखी १० सम्म विधार्थी भर्ना, टिकाउ सिकाई उपलब्धीको अवस्था, ४ पटक सम्म गर्भजाँच र अस्पतालमा हुने सुत्केरीको अवस्था, दुई बर्ष सम्मका वालवालिकाको खोपको अवस्था, वित्त आयोगले तोकेको विषयबस्तु अनलाईमा अपडेट गरेको अवस्थाका विषयबस्तुमा मुल्याङकन गर्दा पाल्पामा रैनादेवीछहरा गाउँपालिका उत्कृष्ट भएको हो । रैनादेवी छहरा गाउँपालिकाले १०० पुर्णाङ्कमा ७१.१७ अंक ल्याई पाल्पामा पहिलो भएको हो । पाल्पामा उत्कृष्ट नतिजा हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाले आगामी बर्षको लागी ६० लाख रुपैया समानिकरण अनुदान पाउने भएको छ ।
यसैगरी पुर्वखोला गाउँपालिका स्थानीयतह कार्यसम्पादनमा दोस्रो भएको छ । पुर्वखोलाले ६७.७९ अंक प्राप्त गरी ५७ लाख रुपैया अनुदान पाएको छ भने तेस्रोमा बगनासकाली गाउँपालिका भएको छ । बगनासकालीले ६४.४४ अंक प्राप्त गरी ५४ लाख रुपैया अनुदान पाउने भएको छ । निस्दी गाउँपालिकाले ५९.०९ अंक प्राप्त गरी ५० लाख रुपैया समानिकरण अनुदान पाउने भएको हो ।
वित्त आयोगले गरेको १७ सूचकको मुल्याङकनमा रम्भा गाउँपालिका पाचौ भएको छ । रम्भाले ५७.२८ अंक प्राप्त गरी ४८ लाख रुपैया अनुदान पाएको छ । तासेन नगरपालिका र रामपुर नगरपालिकाको अवस्था भने उस्तै उस्तै रहेको छ । रामपुरले ५६.८८ अंक र तानसेनले ५६.७६ अंक प्राप्त गरेका छन । दुबै नगरपालिकाले समानरुपमा ४८ लाख रुपैया अनुदान पाउने छन ।
माथाँगढी गाउँपालिकाले ५२.९३ अंक प्राप्त गरी ४५ लाख, रिव्दीकोटले ५०.०३ अंक प्राप्त गरी ४२ लाख र तिनाउँ गाउँपालिकाले ४८.६० अंक प्राप्त गरी ४१ लाख रुपैया अनुदानको लागी वित्त आयोगले नेपाल सरकार अर्थमन्त्रालय लाई सिफारिस गरेको छ ।
वित्त आयोगले निर्धारण गरेको १७ वटा सूचकहरुमा आधारित भएर गाउँपालिकाले काम गर्दै आएको सोही अनुसार जिल्लामा उत्कृष्ट अंक र अनुदान पाउदा नियम कानुन र जनताको पक्षमा काम भएको महशुस भएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताए । आगामी बर्ष अहिलेको भन्दा अझै उत्कृष्ट अंक र अनुदान रकम बढाउने गरी काम गर्ने अध्यक्ष भट्टराईले बताए ।

वित्त आयोगले गरेको स्थानीयतह कार्यसम्पादन मुल्याङ्कनमा जिल्लामै उत्कृष्ट हुन पाउदा हामी कर्मचारीहरुमा पनि काम गर्ने उर्जा थपिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । पालिकाका जनप्रतिनिधी, कर्मचारीहरु एक आपसमा समन्वय, सहकार्य, ऐन नियम कानुनमा आधारीत भएर काम गरेको कारण वित्त आयोगको स्थानीयतह कार्यसम्पादनमा जिल्लामा उत्कृष्ट भएकोमा गर्व लागेको पालिकाका सूचना अधिकृत नारायण मल्लले बताए ।
वित्त आयोगले विभिन्न सूचकहरु निर्धारण गरी प्रदेश तथा स्थानीय सरकार लाई कार्यसम्पादन मुल्याङकन गर्ने, प्राप्त अंकको आधारमा विभिन्न शिर्षकमा बजेटको लागी संघिय तथा प्रदेश मन्त्रालयमा सिफारिस गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?