ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

मेयर कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा

२४ चैत्र २०७९, शुक्रबार
२४ चैत्र २०७९, शुक्रबार

भैरहवा, २४ चैत ।

सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा जारी नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएको खेलमा विजयी हुँदै वडा नम्बर ३, ६ र ८ सेमिफाइनलमा पुगेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । वडा नम्बर २ भने यसअघि नै सेमिफाइनलमा पुगेको थियो । शुक्रबारको खेलमा वडा नम्बर तीन १५ रनले विजयी भएर सेमिफाइनल पुग्दा वडा नम्बर छ २७ रन र वडा नम्बर आठ ५ विकेटले विजयी हुँदै सेमिफाइनल पुगेका हुन् ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित १२ ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ८ रन बनायो । उसका लागि समिर मुसलमानले सर्वाधिक ३१ रन बनाउँदा भगवान कुर्मीले २५ र सुजन न्यौपानेले नटआउट २२ रन बनाए । बलिङमा वडा नम्बर ११ का नर्विक बरईले २ र कमलेश कुर्मीले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको वडा नम्बर ११ ले ७ विकेटको क्षतिमा ९३ रन मात्रै बनाउन सक्यो । उसका लागि नर्विक बरईले ३१ र नर्विक यादवले २४ रन बनाए । बलिङमा वडा नम्बर ३ का रमेश कुर्मी रअर्जुन चौहाले समान २–२ विकेट लिए । खेलमा समिर मुसलमान म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको वडा नम्बर ६ ले निर्धारित खेलमा ६ विकेटको क्षतिमा १ सय १ रन बनायो । जसमा अर्जुन चौधरीले ४२, सुरज धवलले १४ र सुरज गुरुङले ११ रन जोडे । बलिङमा वडा नम्बर ९ का रहमान अलीले २, मेहबुब आलम र प्रमोद कुर्मीले १–१ विकेट लिए । प्रतिउत्तरमा वडा नम्बर नौ ७ विकेटको क्षतिमा ७४ रनमै समेटियो । उसका लागि सुनिल साहनीले नटआउट ४४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा वडा नम्बर ६ का अमर मिश्राले ५, सुरज गुरुङ र इकलाख वारिसले १–१ विकेट लिए । खेलमा अमर मिश्रा म्यान अफ द म्याच भए ।

यस्तै, तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर १ ले निर्धारित खेलमा सबै विकेटको क्षतिमा ५० रनको झिनो योगफल बनायो । उसका लागि अन्तिम थापा र राजेन्द्र यादवले १२–१२ रन बनाए । बलिङमा वडा नम्बर ८ का सुमन अधिकारीले ५ तथा फरमान मल्लिक रबीरेन्द्र साहनीले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको वडा नम्बर ८ ले ८.१ ओभरमा ५ विकेटको क्षतिमा ५२ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अजय रसाइलीले १५, सुमन अधिकारीले नटआउट ११ र आषिश सिंहले १० रन जोडे । बलिङमा वडा नम्बर १ काएजादखान र सोइल खानले २–२ विकेट लिए । सुमन अधिकारी म्यानअफ द म्याच भए ।

प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजार सहित कप, मेडल र प्रमाणपत्र र उपविजेतालाई २५ हजार ५ सय सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले ११ हजारसहित ट्रफी र मेडल, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५–५ हजारसहित ट्रफी र मेडल तथा प्रत्येक खेलमा १ जना म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिताको आकर्षणको रुपमा ह्याट्रिक विकेट र छक्का हान्ने खेलाडीलाई पनि १ हजार १ सय रुपैयाँको दरले पुरस्कृत गरिने छ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?