ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भैरहवामा मेयर कपक्रिकेट सुरु, उद्घाटन खेलमा वडा नम्बर १, ३ र ८ विजयी

२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

भैरहवा, २२ चैत ।

रुपन्देहीको भैरहवामा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो । क्रिकेट खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता गराइएको आयोजक नगरपालिकाले जनाएको छ । उद्घाटनका अवसरमा भएका तीन खेलमा वडा नम्बर एक १० विकेट, वडा नम्बर आठ ६ विकेट र वडा नम्बर तीन ५२ रनले विजयी भएका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा निर्धारित १२ ओभरको खेलमा टस हारेर ब्याटिङ गरेको वडा नम्बर ४ ले ६ विकेटको क्षतिमा ६० रन बनायो । उसका लागि राजु रौनियारले नटआउट र अजय यादवले ११–११ र सुनिल चौधरीले १० रन बनाए । वडा नम्बर १ का सोयल खानले ३, राजेन्द्र यादव, एजाद खान र सागर थापाले १–१ विकेट लिए । जवाफमा वडा नम्बर १ ले ४.४ ओभरमा विना क्षति ६१ रन बनाउँदै जित निकाल्यो । उसका लागि एजात खानले ३४ र अन्तिम थापाले २३ रन बनाए । सोयल खान म्यान अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित खेलमा ८ विकेटको क्षतिमा ७० रन बनायो । उसका लागि मोहम्मद रफिकले ३२ र अक्षय रानाले १३ रन बनाए । बलिङमा वडा नम्बर ८ का सुमन अधिकारीले ३, फरमान मल्लिकले २ र कृष्ण कुँवरले १ विकेट लिए । जवाफमा वडा नम्बर ८ ले ९.४ ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाई जित निकाल्यो । उसका लागि सागर यादवले २६, इमरान खानले १४, आषिश सिंहले १३ र सयवान शेषले नटआउट १२ रन जोडे । बलिङमा वडा नम्बर ७ का भवर शाहीले २, अक्षय राना र आकाश काफ्लेले १–१ विकेट लिए । सुमन अधिकारी म्यान अफ द म्याच भए ।

यस्तै, तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित खेलमा ३ विकेटको क्षतिमा १ सय २९ रन बनायो । उसका लागि सुजन न्यौपानले ४९, खुश्बुउद्दिन धुनियाले र आषिश रोकाले समान २६–२६ रन बनाए । बलिङमा वडा नम्बर १० का दिनेश साहनीले १ विकेट लिए । जवाफमा वडा नम्बर १० सबै विकेटको क्षतिमा १०.५ ओभरमा ७७ रनमै समेटियो । उसका लागि हरिकेष मौर्यले नटआउट ३१, हरिशंकर मिश्राले १० रन बनाए । बलिङमा वडा नम्बर ३ का अभिनाष अली, मैनउद्दिन शेष, अर्जुन चौहानले समान २–२ विकेट लिए । म्यान अफ द म्याच सुजन न्यौपाने भए ।

प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र र उपविजेतालाई २५ हजार ५ सय सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले ११ हजारसहित ट्रफी र मेडल, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५–५ हजारसहित ट्रफी र मेडल तथा प्रत्येक खेलमा १ जना म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिताको आकर्षणको रुपमा ह्याट्रिक विकेट र छक्का हान्ने खेलाडीलाई पनि १ हजार १ सय रुपैयाँको दरले पुरस्कृत गरिने छ । प्रतियोगितामा नगरपालिकाका १३ वटा वडाका १३ टिम सहभागी छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले नगर क्षेत्रमा हुने यस्ता खेलकुदले नयाँ खेलाडी उत्पादन र खेलाडीको खेल कौशललाई बाहिर ल्याउन मद्दत पुग्ने जनाए । नगर प्रमुख इश्तियाक अहमद खानले खेल क्षेत्रको विकासमा नगरपालिकाले विशेष प्राथमिकता दिएर बेलाबेला विभिन्न प्रतियोगिता आयोजना गरिरहेको जनाए । उनले खेलले राष्ट्रलाई एकताबद्ध गर्ने र विश्वभर चिनाउन मद्दत पुग्ने जनाए । नगर उपप्रमुख उमा अधिकारीले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा महिला खेलाडीहरुको प्रोत्साहनका लागि विद्यालयस्तरीय उपमेयर कपको पनि आयोजना गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?