ट्रेंडिंग:

>> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा
बढ्यो कोरोना त्रास

नाकाबाट भित्रिदै ओमिक्रोन

शनिबार बनारसबाट फर्किएका भरतपुरका ४५ जना नेपाली तिर्थयात्रीहरुको परिक्षणको क्रममा ११ जनामा ओमिक्रोन देखिएको बेलहिया हेल्प डेक्सका अहेब सुनिल न्यौपानेले बताए ।
२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

बुटवल,  चैत- भारतसंग खुला सिमाना रहेका बेलहिया नाका हुदै ओमिक्रोन संक्रमित भित्रने संख्या बढ्दो छ । भारतमा रोजगारीबाट फर्किने, तिर्थयात्री, पर्यटकहरुलाई लक्षित गरि हेल्प डेक्समा गरिएको नमुना कोभिड परिक्षणमा संक्रमित बढेको देखिएको हो । लुम्बिनी प्रदेश सरकार, स्वस्थ्य निर्देशनको अगुवाईमा पछिल्लो एक हप्तादेखि जाचलाई नियमित गरिएको ल्याब सहायक खिमा डागीले बताईन । सिमामा परिक्षण गर्नु धेरै कठिन भएको उनले बताईन ।

ठुलो भिड भित्रने हुदा पनि सबैको परिक्षण सम्भव नहुने हुदा समुहसमुहमा आएकामध्येबाट नमुना परिक्षण गरिदै आएको उनले बताईन । कम जनशक्तिलाई सदुपयोग गरेर एक जना स्क्रिनिङको लागि सिमा क्षेत्रमा नै बस्ने, २ जना दर्ता गर्ने र बाकी ल्याबमा परिक्षण र रिपोर्ट दिने गरेको उनले बताईन । ‘अन्य नाकाको तुलनामा बेलहयिा नाकामा संक्रमितहरुको बढ्दै बढदो छ ।’– उनले भनिन । परिक्षणसंगै हेल्प डेक्सबाट हरेकलाई माक्स लगाउने, सेनिटाईजरको प्रयोगबारे सचेतना दिदै आएको उनले बताईन ।


शनिबार बनारसबाट फर्किएका भरतपुरका ४५ जना नेपाली तिर्थयात्रीहरुको परिक्षणको क्रममा ११ जनामा ओमिक्रोन देखिएको बेलहिया हेल्प डेक्सका अहेब सुनिल न्यौपानेले बताए । यसैगरि आईतबार १ सय ५९ जना मध्ये १७ जना, सोमबार ९२ जनामा ३ पोजिटिभ र मंगलबार २३२ जनामा ६ जना पोजिटिभ रिर्पोट आएको उनले बताए ।
भारतबाट भित्रनेहरुलाई फकाएर स्क्रिनिङ गरेर बोलाई कोभिड परिक्षण गर्ने गरेको उनले बताए । मानिसहरु फुल भ्याक्सिङ लगाईसक्यौ मलाई केही हुदैन भन्ने र खासै मतलब नगर्ने गरेको उनको दुखेसो छ । माक्स सेनिटाईजरको प्रयोग बेकार हो भन्ने जस्ता उनिहरुको ब्यवहार हुने उनले बताए । दैनिक संक्रमितहरुको संख्या बढ्दो रहेको उनले बताए । धेरै मानिसहरु आउने हुदा नेपालीहरुमा सबैलाई जाच गर्ने र भारतीयहरुमा नमुना परिक्षण गरिदै आएको उनले बताए ।


नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । शून्यमा झरेको कोरोना संक्रमणको अवस्था विस्तारै बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र देशभरमा ७६ जना कोरोना भाइरसका नया संक्रमित फेला परेका छन् । भारतमा फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सवभेरियन्टहरु नेपालमा पनि बढ्दै गएको छ । अति संक्रामक भेरियन्ट ओमिक्रोनका ९ वटै सवभेरियन्टमध्ये नेपालमा एक्सबीबी.१.१६ सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?