जिल्ला खेलकूद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्रीले पर्यटनसँग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको बताए । उनले वार्षिक रुपमा योजना ल्याएमा कार्यक्रमको लागि बजेटको ब्यवस्थापन गर्न सकिने बताए ।
साईकल चलाऔ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौ भन्ने नाराका साथ राईड टु रानिमहल कार्यक्रम आयोजना गरिएको जिल्ला साईकिल संघ रुपन्देही अध्यक्ष पुकार थापाले जानकारी दिए ।काठमाडौ, लमजुङ, हेटौडा, धरान, बाके, दाङ, रुपन्देही लगायतका जिल्लाबाट १२० बढी साईक्लिस्टहरुको सहभागीता रहेको अध्यक्ष थापाले जानकारी दिए ।
बुटवलको जितगढीबाट सुरु भएको यात्रा सिद्धार्थ राजमार्ग हुँदै ऐतिहासिक तथा पर्यटकीय स्थल पाल्पाको तानसेनमा पुगेर नगर परिक्रमा गर्दै रानीमलतर्फ लाग्ने छ । रानीमहलको एक रात बसाईपछि पुन बुटवलमै आएर यात्राको समापन गरिने आयोजकले जनाएको छ । रानीमहल बसाईका क्रममा विभिन्न प्रतियोगिताहरु गराउनुका साथै रानीमहलका ऐतिहासिकता बारे जानकारी गराइने बताइएको छ ।