© २०२३
कपिलवस्तु(बुटवल टुडे) , चैत – कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको बिपद र प्रकोप क्षेत्रका २४ स्थानियलाई सामुदायिक बिपद पुर्व तयारी तथा प्रतिकार्य प्रशिक्षण दिईएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन) को साझेदारीमा दलित सामाजिक बिकास केन्द्र (डिएसडिसी) द्धारा सञ्चालित जिवन सुधार परियोजनाले तिन दिने प्रशिक्षणको अयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको प्राबिधिक सहयोगमा भएको प्रशिक्षणमा यशोधरा गाउँपालिका वडा नम्बर १, २, ३, ७ र ८ का स्थानियलाई सहभागी गराईएको हो । स्थानिय श्रोत साधनको प्रयोग गरि खोज र उद्धारको सामाग्री बनाउने बिषयमा तालिम दिई यशोधरा ८ खोरिया स्थित बाणगंगानदीमा अभ्यास गराईएको थियो । तालिममा सहभागी हुदाँ बिपदको पुर्व तयारी र सुरक्षाको बारे सचेतना मिलेको यशोधरा ७ का सहभागी ईशुफ रजाले बताए ।
तालिममा संकटासन्न, प्रकेपा र बिपत सगै सो को परिभाष र व्यस्थापनका उपाय, सामुदायिक उद्धारकर्ता, प्राथमिक उपचार, बिपद व्यवस्थापन र पुर्व तयारी, शव व्यवस्थापन, आगलागी नियन्त्रण, पानीजन्य आपतकाल, शितलहर, तातो हावा (लु) र आधारभुत खोज तथा उद्धार बारे प्रशिक्षीत गरिएको थियो । प्रकोप व्यवस्थापनका लागी जोखिममा भएका समुदायका प्रतिनिधीलाई बिपदबारे प्रतिकार्य गराउने सक्षम बनाउने उद्धेश्यले तालिम सञ्चालनमा ल्याईएको रेडक्रश सोसाईटी रुपन्देहीका प्रशिक्षक तुल बहादुर थापाले जानकारी दिए ।
यशोधरा गाउँपालिका बाढि, आगलागी लगायतको बिपदको उच्च जोखिममा रहेको क्षेत्र भएकाले तालिम प्राप्त जनशक्तिले स्थानिय श्रोत साधनको प्रयोग गरि बिपदबाट बच्न पुर्व तयारी गर्न सक्ने दलित सामाजिक बिकास केन्द्र (डिएसडिसी) द्धारा सञ्चालित जिवन सुधार परियोजनाका संयोजक रमेश प्रसाद कुर्मीले जानकारी दिए । आफुहरुले गर्ने कामका धेरै बिधाहरु मध्य बिपद जोखिम न्युनिकरण पनि एक रहेको साझेदार संस्था युएमएनका कलस्टर टिम लिडर रुप कुमार बिकले बताए । परियोजना मार्फत समुदायका व्यक्तिहरुलाई आउन सक्ने बिपदका घटनाहरुलाई समुदायबाटै प्रतिकार्य गर्न सक्षम बनाउने उद्धेश्य राखिएको उनले प्रष्ट्याए । “त्यहिका समुदायलाई समुदायमा आउने बिपद्मा तयार रहन वहाँहरुको क्षमता अभिबृद्धि गर्न यस्ता कार्यलाई प्राथमिता दिदै आएका छौं ।” उनले भने ।
प्रशिक्षणमा स्थानिय साधान बोरा, पानीको बोतल र धागो प्रयोग गरि लाईफ ज्याकेट, केराको खाबो प्रयोग गरि पानीमा उद्धार गर्ने सामाग्री तथा बास तन्ना र दरीको प्रयोग गरि स्टेक्चर बनाउने सिप प्रदान गरिएको थियो । जसका कारण स्थानियलाई बिपदको पुर्व तयारी बारे सचेतना प्रवाह भएको थियो ।