ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
खबर

अधिकार प्राप्तिकालागि सचेतना आवश्यक

१५ चैत्र २०७९, बुधबार
१५ चैत्र २०७९, बुधबार

बुटवल  चैत । कुनैपनिप्रकृका हिंसा विरुद्धलड्न तथा अधिकार प्राप्तीका समयमा नै सचेतना आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला हिंसा लैङ्गिग तथा यौनिकता र अपाङ्गता अधिकार सम्बन्धी बुटवलमा आयोजना गरिएको दुई दिने सचेतानमुलक कार्यक्रममा सहभागीहरुले कुनै पनि अधिकार उलंघन भएको अवस्था वा अधिकार प्राप्तीको अभियानमा एक जुट भएर लाग्नुपर्ने कुरामा जोड दिएका हुन ।
अपाङ्गता महिला संघ रुपन्देहीको आयोजना र बुटवल उपमहानगरापलिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा बोल्दै बुटवल उप–महानगरपालिकाका वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्याललले अपाङ्गता भएकै करण विभिन्न हिंसाबाट प्रभावितहुनुपर्ने अवस्थाको अन्त्यकालागि समयमा नै सचेतना आवश्यक रहेको बताईन् । उनले कुनैपनि व्याक्तिबाट हिंसा भैरहेको भन्ने सूचना प्राप्त हुँदा साथ त्यसको तत्काल प्रतिवाद गर्नको लागि आग्रह गरिन ।
अपाङ्गता भएका व्याक्ति तथा लक्षित समुदायको व्याक्तिहरुको व्यवसायीक सीप विकास आवश्यक रहेको भन्दै उनले सीप प्रदान गरेपछि दैनिक जिविकोपार्जनका लागि विभिन्न काम गर्न सक्ने गरी सीपको बर्गीकरण गरी तालिम प्रदान गर्न आवश्यक रहेको बताईन । सिपजन्य क्रियाकलापमा नगरपालिका जहिले पनि सकारात्मक रहेको उनका भनाई छ ।
नगरपालिकाले विभिन्न सहायता सामग्री प्रदान देखिलिएर उनीहरुको क्षमता विकासकालागि समेत निरन्तर काम गर्दै आएको जानकारी गराउँदै महाशाखा प्रमुख अर्यालले आगामीदिनमा पनि यसलाई निरन्तरता दिने बताईन ।
उनले अपाङ्गता भएका व्याक्तिहरु तथा अन्य समुदायका व्याक्तिहरुको समाजको मुलधारमा ल्याउनको लागि अभिभावहरुमासचेतना आवश्यक रहेको समेत बताएकी थिईन ।
कार्यक्रममा अपाङ्गताको अवस्था, बर्गीकरण, सामाजिक सुरक्षाभत्ता लगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाको सामाजिक विकास तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालले बुटवल उपमहानगरपालिकाले प्रत्येक महिनाको अन्तीम साता अपाङ्गता परिचय पत्र प्रदान गर्दै आएको बताईन । उनले परिचय पत्र अपाङ्गता भएका व्यक्तहरुको अधिकार भएको भन्दै कुनै पनि स्थानमा अपाङ्गता भएका व्याक्तिहरु रहेको भए वडा तह बाट अपाङ्गता परिचय पत्र प्राप्तीको लागि निवेदन दिएर नगरपालिका मार्फत परिचय पत्र प्राप्त गर्नुपर्ने समेत बताईन ।
उनले नेपाल सरकारले निर्देष्ट गरे बमोजिम ‘क’ बर्गको पुर्ण अपाङ्गता र ‘ख’ बर्गको अति अशक्त अपाङ्गता भएका व्याक्तिहरुलाई मासिक रुपमा समाजिक सुरक्षा भत्ता समेत प्रदान गर्दै आएको बताईन । उनले अहिले ‘क’ बर्गलाई ३हजार ९ सय ९० र ‘ख’ वर्गलाई २ हजार १ सय २८ रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्धगराउदै आएको बताएकी थिईन ।
यस्तै ‘ग’र ‘घ’ वर्गको अपाङ्गता भएका व्याक्तिहरलाई राज्यस्तरबाट निर्णय भए अनुसार शिक्षा क्षेत्रमा, यातायातमा लगायत विभिन्न आरक्षणमा समेत छुट रहेको बताईन ।
दुई दिन सम्म चल्ने कार्यक्रममा अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल, उपाध्यक्ष मैया लम्साल सहित अन्य लैङ्गीक तथा योनिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्याक्ति र तिनका अभिभावकहरुको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?