© २०२३
बुटवल, ८ चैत ।
रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगितामा सुदुरपश्चिम ११ फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा थ्री स्टार क्लवलाई १—शुन्य गोलअन्तरले पराजित गर्दै सुदुरपश्चिमले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
निकै प्रतिष्पर्धात्मक खेलको ८६ औँ मिनेटमा सुदुरपश्चिम ११ का फागुराम थारुले गोल गरेका थिए । बिहीबार मनाङ मस्र्याङ्दी र फ्रेण्डस क्लवबीच प्रतिष्पर्धा हुने छ । सुदुरपश्चिम ११ ले यी दुई बीचको बिजेता संग शनिबार खेल्नेछ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएका थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र प्रशिक्षकले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।