© २०२३
पोखरा, ८ चैत ।
होटल पौवाको ११ औं शाखा पोखराको लेकसाइडबाट सञ्चालनमा आएको छ । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले पोखराको लेकसाईडमा आफ्नो सेवा सुरु गरेको हो ।
पौवाले पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ बाट आफ्नो ११ औं शाखा सञ्चालनमा ल्याएको हो । शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत १० गते औपचारिक उदघाटन गर्ने छन् ।
शुभारम्भको अवसरमा चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उदघाटन कार्यक्रमसहित विविध कार्यक्रमको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे । ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो । त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा पर्यो । तर, पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु पनि चलायमान हुन थालेका छन्’ – ज्ञवाली भने ।
नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए । ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’
१० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११ औं शाखाको रुपमा पोखरामा करिब १० करोड लगानी गरेको जनाएको छ ।
सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी स्वीट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठामा वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ«े र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
होटलमा दुई वटा सेमिनार हल र कन्प«mेन्स हल रहेका छन्, जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ । पौवा पोखराको मुख्य आकर्षण एकहजार बढी क्षमताको ‘फेवा हल’ हो । फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाहउत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ । पौवामा एकैपटक पचासौं सवारी साधन पार्किङ गर्नसक्ने सुविधा रहेको छ । सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरु गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे ।
पौवा पोखराले मात्र ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिशन १०० योजना बनाएको होटल पौवा पोखरासहित अहिलेसम्म देशभर ११ स्थानमा सञ्चालनमा छ ।
रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढीपछि ११ औ शाखाका रुपमा पोखराको गन्तब्य तय गरेको हो ।