© २०२३
काठमाडौँ ।
आईसीसी लिग २ मा यूएईले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। यूएईका तीन ब्याटर चम्किएको खेलमा नेपालले जितका लागि ३११ रनको लक्ष्य पाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार पार्यो ।
यूएईका आसिफ खानले बिष्फोटक शतक प्रहार गरे । उनले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा अविजित १०१ रन बनाए । भृत्य अर्विन्ददे १ सय ३८ बलमा २ छक्का र ८ चौकाको मद्दतमा ९४ रन बनाएर आउट हुँदा शतक बनाउन चुके । रोहन मुस्तफाले २० रन योगदान गरे ।
यूएईको स्कोर मजबुत बनाउन तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । ओपनर आर्यान लाक्रा ६ रनमा बोल्ड आउँछ हुँदा कप्तान मोहमद वासिमले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै ६३ रनमा आउट भए । वासिमले सन्दीप लामिछानेको बलमा एलबीडब्लू आउट हुनुअघि, ४९ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे ।
नेपालको बलिङमा दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडन राख्दै १९ रन खर्चिएर दुई विकेट लिए । ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
आजको खेलमा नेपालका सन्दीप लामिछाने र गुलशन झा सबै भन्दा महँगो साबित भए । सन्दीपले एक विकेट लिँदा १० ओभरमा सर्वाधिक ८० रन खर्चिए जुन उनको क्रिकेट करियरमा हालसम्म खर्चिएको सबै भन्दा धेरै रन हो । यसअघि, उनले खर्चिएको सबैभन्दा धेरै रन ६६ थियो ।